५ औँ बराहक्षेत्र प्याब्सन खेलकुद सप्ताह २०७९ अन्तर्गत आइतबार भएको अन्तिम फाइनल खेलमा बराह राईजिङ्ग र पिसुपुल इङलिस स्कुलले उपाधी जितेको छ।
पहिलो खेलमा आधारभुत बिधालय तर्फ आइरिस बराह एकेडेमी बराहक्षेत्र १ चतरा र पिसुपुल इङलिस स्कुल बराहक्षेत्र ५ बीच भएको खेल ०-३ गोलको अन्तरले पिसुपुल इङलिस स्कुल बराहक्षेत्र ५ उपाधी जितेको हो।
उपाधी जित्न पिसुपुल इङलिस स्कुलका जर्सी नम्बर ९ उज्वल खड्का २ गोल गरेका थिए ।भने जर्सी नम्बर ४ दिपेन कार्कीले थप गोल गर्दै खेलमा अग्रता लिएका थिए ।
यता आइरिस बराह एकेडेमीका खेलाडीहरुले गोल गर्ने अवसर पाएपनी गोल प्रहार गर्न नसक्दा खेल हारखेप्नुपरेको थिए ।
दोस्रो अन्तिम माध्यमिक तहको फाइनल खेलमा सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल र बराह राईजिङ्ग स्टार इङलिस भएको खेलमा बराह राईजिङ्ग इङलिस स्कुलले ०-१ गोल गर्दै प्रथम उपाधी जित्न सफल भएको छ।
निकै रोमाञ्चक भएको खेलमा अतिरिक्त २ मिनेटको समयमा सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलका खेलाडी द्वारा आत्माघाती गोल हुँदा बराह राईजिङ्ग स्टार इङलिस ५औं बराहक्षेत्र प्याब्सन खेलकुद सप्ताह फुटबल प्रतियोगिताको प्रथम बिजेता भएको छ।
यता उपाधी बिजेता भनेको पिसुपुल इङलिस स्कुल र बराह राइजिङ्ग स्टार इङलिस स्कुलले चादिको रनिङ सिल मेडल ट्रफी प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गरेको छ । भने उपबिजेतामा सिमित रहेको आइरिस बराह एकेडेमीले १० हजार र सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलले १५ हजार सहित मेडल ट्रफी प्रमाणपत्र प्राप्त गर्दै चित्तबुझाएको थियो ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहाको खेलमैदानमा आयोजना भएको प्रतियोगिता
मंसिर १७ गतेदेखि सुरु भएको थियो ।
उक्त प्रतियोगितामा प्रमुख अतिथि माननीय प्रदेश सदस्य बिजय कुमार राई , जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप योन्जन ,जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राई,प्याब्सन उपाध्यक्ष सुनसरीक बिजय कुमार राई,जिल्ला फुटबल संघ सुनसरीका बरिस्ठ उपाध्यक्ष भेषराज कार्की लगायत बिशेश अतिथि रहेको कार्यक्रममा बराहक्षेत्र प्याब्सन अध्यक्ष कृष्ण तामाङको सभापति रहेकोे कार्यक्रम बराहक्षेत्र प्याब्सनका सचिव खेमराज राईले कार्यक्रम संचालन गरेका थिए ।