बराहक्षेत्र नगर कार्यसमिति द्धारा आयोजित लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग स्टाइ इङलिस स्कुल स्कुल चतरा प्रथम भएको छ।
आज शुक्रबार सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलमा भएको प्रतियोगितामा बराहक्षेत्र प्याब्सन २६ वटा बिधालय आबद्ध भएपनि यश प्रतियोगितामा १० वटा विद्यालयले सहभागी भएको प्याब्सन नगर अध्यक्ष कृष्ण तामाङले बताए ।
जसमा आइरिस बराह एकेडेमी बराहक्षेत्र १,बराह राईजिङ्ग स्टार इङलिस स्कुल बराहक्षेत्र २, भरौल बाल मन्दिर इङलिस स्कुल बराहक्षेत्र ३, स्काई इङ्लिस स्कुल बराहक्षेत्र ३,मुन विम एकेडेमी बराहक्षेत्र ५ ,अक्सफोर्ड इङ्लिस स्कुल बराहक्षेत्र ५,सिद्धार्थ इङ्लिस स्कुल बराहक्षेत्र ५ ,चिल्ड्रेन हार्ट एकेडेमी बराहक्षेत्र ८,सुनसरी स्टार एकेडेमी बराहक्षेत्र ८,राजाबास इङ्लिस स्कुल राजाबासले प्रतियोगितामा सहभागी भएको तामाङले बताए ।
प्रतियोगितामा दोस्रो स्थान स्काई इङलिस स्कुल नहाहा भएको छ भने तेस्रो स्थान सिद्धार्थ मेमोरियल इङलिस स्कुल कालाबन्जार र सान्त्वना पुरस्कर भरौल बाल मन्दिर इङलिस स्कुल नडाहा घोषित भएको नगर सचीव खेमराज राईले बताए ।
राईका अनुसार मंसिर १६ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा बराहक्षेत्रको प्रतिनिधित्व गर्दै प्रथम स्थान र दोस्रो स्थान हासिल गरेका बराह राइजिङ स्टार र स्काई इङलिस स्कुलले सहभागी जनाउने राईले बताए ।
उक्त प्रतियोगितामा सहभागीहरुले लोकनृत्यमा विभिन्न मौलिकता झल्किनु नृत्यहरु प्रस्तुत गरेका थिए ।
बराहक्षेत्र नगर प्याब्सनका अध्यक्ष कृष्ण तामाङको सभापति रहेको कार्यक्रममा प्याब्सन जिल्ला सुनसरीका अध्यक्ष अनुप योञ्जनको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विभिन्न बिधालयका पिन्सिपल लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम बराहक्षेत्र नगर प्याब्सनका सचिव खेमराज राईले सञ्चालन गर्नु भएको थियो