किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २१औं साधारणसभा ८ गते बिहीबार चतरा सेवा केन्द्र बाट सुरु गरिएको छ।
मुख्य कार्यालय इटहरी रहेको संस्थाको सुनसरीमा विभिन्न स्थानमा सेवा केन्द्र रहेको छ। जसमा बराहक्षेत्र नगरपालिका चतरा सेवा केन्द्र ,बाङ्गे सेवा केन्द्र , राजाबास सेवा केन्द्र , खनार सेवा केन्द्र , पुर्बी गैसार सेवा केन्द्र , रामधुनी सेवा केन्द्र , इटहरी सेवा केन्द्र रहेको अध्यक्ष शालिकराम ढकालले बताए ।
ढकालले भने पहिलो सबै सेवा केन्द्रमा साधारणसभा गरि सकेपछि प्रधान कार्यालय इटहरीमा सम्मान गर्ने ढकालले बताए । संस्थाले गरेको एक बर्ष भरिको प्रगति प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। जसमा संस्थाको सेयर पुजी ९करोड ९३ लाख १७ हजार रहेको छ भने बचत निक्षेप दायित्व ७४ करोड ७३ लाख ४२ हजार ८ सय ७९ रुपैया ९९ पैसा रहेकोमा संस्थाले ऋण लगानी ८७ करोड ३५ लाख २७ हजार ७ सय ४ रुपैया रहेको छ। संस्थाको कुल सम्पत्ति १अर्ब ४ करोड २५ लाख २ हजार ७ सय ५२ रुपैया रहेको बस्नेतले बताए ।
जम्मा संस्थाको आम्दानी १२ करोड ९३ लाख ९५ हजार २ सय ३० रुपैयाँ रहेकोमा जम्मा खर्च ९ करोड ८५ लाख ९३ हजार ८ सय ६३ रुपैया रहेको छ भने संस्थाको कुल नाफा ३ करोड ८ लाख ३ हजार २ सय १८ रुपैया रहेको बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संस्थामा हाल १८ हजार २ सय १० सेयर सदस्य रहेको छन ।
सुनसरी जिल्लामा रहेको सहकारीहरु मध्ये धेरै सदस्य र सबैभन्दा बढी कुल पुजि भएको संस्थाको रूपमा रहेको छ।
चतरामा रहेको औलिया बाबाको भवनमा भएको कार्यक्रममा संस्थाका शालिकराम ढकालको अध्यक्षमा भएको कार्यक्रममा बराहक्षेत्र सेवा केन्द्रका संयोजक महेश रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।