वराहक्षेत्र – १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र धाममा पितृहरुको सम्झनामा दिव्य गंगा आरति गरिएको छ ।
वराहक्षेत्र संरक्षण मञ्चको आयोजनामा वालाचतुरदर्शिको पुर्ब संन्ध्यामा सोमवार साझ आरति गरिएको हो ।
१८ पुराणामा वरण गरिएको वराहक्षेत्र स्थित कौशिको पावन भुमिमा पितृ उद्बारको संकल्प प्रधान आरति गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताए । पितृहरुको नाममा शतवीज छर्ने दिनको अघिलो साझ हुने आरतिकालागि तिर्थालुहरुले माटोकै पाला (दियो), ५ सुते बात्ति ५ बटा , तेल, चन्दन , अक्षता , फुल , जौ , तिल र कुस, एक लोटा जल चडाएर पितृको सम्झाना गरिएको थियो । मसिंर महिनाको कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशीको दिन वराहक्षेत्र सहित देशभरका शक्तिपिठहरुमा पितृको नाममा शतवीज छर्न गरिएको छ । यस दिनलाई मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि तिर्थघाटहरुमा सतबीज छर्ने परम्परा रहि आएको छ ।
सतबीजकारुपमा छरिने अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । शतवीज छर्ने विषयमा ठाँउअनुसार फरक फरक चलनहरु रहेकाले केही स्थानमा चना, तील, मकैहरुपनि राखेर पनि शतवीज छर्ने चलन रहेको वराहक्षेत्रका प्रसिद्ध पण्डित योगेश वराहक्षेत्रले बताए । पण्डित योगेश वराहक्षेज्ञका अनुसार यसरी शतवीज छर्नका लागि चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन चोखोनितो भएर अन्नलाई भिजाएर , दिप प्रज्वलन गर्दै तथा भजन किर्तन गर्दै भोलिपल्ट विहानै नुहाई धुवाई चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ ।पृथ्वीलोकमा छरिएको शतवीज पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता हिन्दू धर्ममा उल्लेख गरिएको छ ।
सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् । मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।। (हेमाद्रिरवार्षिकरत्नावली वर्षकृत्यखण्ड) अर्थात् मृगस्थलीको परिभ्रमण गरी एक बीज धान छर्नाले पुनर्जन्मबाट मुक्तिका पाइनुका साथै सुन दान गरे बराबरको फल मिल्दछ भन्ने प्रमाण धर्मशास्त्रहरूमा उल्लेख वराहक्षेत्र मन्दिरका मुल पुजारी किरण भण्डारी बताउछन् ।
शत भन्नले सय र बीज भन्नाले बिउ भन्ने अर्थ लाग्ने भएकाले सय अन्नको बिउलाई नै शत बीज भनिएको हो।बालाचतुर्दशीमा विशेषत शिवजीको उपासना हुने गर्दछ । भगवान् शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बाला चतुर्दशीको दिन शत बीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि रहेको छ ।
यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ। पितृ खुसी भए परिवारमा सुख शान्ति समृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व पितृ मोक्ष मात्र नभएर आत्मकल्याणका लागि पनि हो भन्ने प्रस्ट हुन्छ।
पितामाता, हजुरवुवा, हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पूरागर्न नसकेमा या कुनै त्रुटि भएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तीन पटक डुबुल्की मारेर शुद्ध भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास हिन्दू धर्मावलम्बीहरुमा रहिआएको छ ।
(संगम बिष्ट बाट )