Sunday, December 3, 2023
e-barahadarpan
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य समाचार
  • विचार
  • मनाेरञ्जन
  • विश्व
  • खेल
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य समाचार
  • विचार
  • मनाेरञ्जन
  • विश्व
  • खेल
No Result
View All Result
e-barahadarpan
No Result
View All Result
Home समाचार

युवा नेतृत्वका लागि अग्रसर उमेश थापा

इ-बराह दर्पण by इ-बराह दर्पण
१ वर्ष अगाडि
in समाचार
0
युवा नेतृत्वका लागि अग्रसर उमेश थापा
16
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

धरान : दलहरूप्रति युवा पुस्तामा देखिएको असन्तुष्टिले नेपाली राजनीतिमा विचारले स्वतन्त्र, गतिशीलताले युवा नेतृत्व अघि आउन जरुरी भएको छ ।

त्यस्तो नेतृत्व दलहरू भित्रैबाट अगाडि ल्याउने अवसर युवाहरूका अघि आएको छ । मङ्सिर ४ गते हुने सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूको निर्वाचनलाई अधिकतम उपयोग गर्नभने जरुरी छ ।

त्यस्तै युवा पुस्ताको नेतृत्व गर्न सुनसरी-१ (क) प्रदेश सभा सांसदका प्रत्याशी उमेश थापा अग्रसर भएका छन । जनताका असन्तुष्टिको विकल्प दलहरूबाटै दिइनु पर्दछ र त्यो सम्भव छ भन्ने उदाहरण उम्मेदवारहरू मध्ये थापा अग्रपङ्क्तिमा छन् ।

प्रदेश सभामा राजनीतिक भूमिका खेल्न लामै राजनीतिक अनुभव चाहिन्छ । आफ्नो क्षेत्रको भूगोल, विकास आवश्यकता, जनभावना बुझेका हुनुपर्दछ । नारामा मात्र होइन विचारले स्वतन्त्र हुनुपर्दछ । राजनीतिक, सामाजिक गतिशीलता बिना उमेरले मात्र युवा भनेर नेतृत्व गर्न सकिन्न ।

नेपाली काँग्रेस, प्रदेश १ समितिका महामन्त्री समेत रहेका थापा भन्छन ‘राजनीतिमा जनभावना अनुकूल काम गर्न सक्नु पहिलो कुरा हो ।’ नेतृत्वमा पुगेपछि पार्टीको नीति, घोषित प्रतिबद्धता कार्यक्रमलाई जनभावना अनुकूल उनीहरूकै सहभागितामा कार्यान्वयन गर्नु पर्दछ । यसले पार्टीको सफलता, पार्टी प्रणालीप्रति जनतामा विश्वास अभिवृद्धि गराउने उनको धारणा छ ।

उनको भनाइले नेतृत्व गर्न चाहिने निणर्ायक क्षमताका लागि स्वतन्त्र विचार उनमा विद्यमान छ भन्ने देखाउँछ । राजनीति सँगै सामाजिक सेवाको क्षेत्रमा उनी गतिशील युवाको रूपमा सुनसरी जिल्ला भरी नै सामाजिक सेवाका सारोकारवालाहरु परिचित छन । विद्यार्थीकालबाटै राजनीतिमा लागेका थापा युवाहरूका अगुवा नै हुन ।

२०४६ सालमा नेविसंघको विद्यालय तहका कमिटी सभापति बनेका थापा, त्यसै बेला भएको पहिलो जनआन्दोलनमा सक्रिय आन्दोलनकारी थिए । विद्यार्थीकालमै उनमा सामाजिक सेवाको क्षेत्रमा रुचि थियो । यसले उनलाई २०५५-२०५९ साल सम्म नेपाल परिवार नियोजन सङ्घको युवा संयोजक जिम्मेवारी र जिल्ला समिति सदस्य समेत दिलायो ।

सामाजिक सेवाको क्षेत्रमा उनको सक्रियता यतिमा रोकिएन । २०६९ सालमा थापा नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम संयोजक बने । लगत्तै २०७० मा भएको रेडक्रसको निर्वाचनमा उनी सभापति निर्वाचित भए । रेडक्रसको दोस्रो कार्यकालमा पनि पुनः निर्वाचित थापा हाल सम्म सभापति छन ।

यसबिच २०७७ मा उनी केन्द्रीय सदस्य पनि रहेका थिए ।
प्रत्याशी थापाको विद्यार्थी राजनीतिको क्रम २०४८ सालमा नेविसंघ सुनसरी-१ क्षेत्रीय सचिव रहेका थापा २०५१ मा सुनसरी जिल्ला सचिवमा उक्लिए । लगत्तै उनी नेपाली काँग्रेसको युवा राजनीतिमा प्रवेश गरे । २०५९ नेपाल तरुण दलका सुनसरी जिल्ला सदस्य बने । २०६७ मा सम्पन्न नेपाली काँग्रेसको बाह्रौँ महाधिवेशनमा थापा महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला समिति सदस्य बने ।

२०७२ मा भएको तेह्रौँ महाधिवेशनमा उनी महासमिति सदस्य चयन भए । २०७३ सम्म काँग्रेस सुनसरी जिल्ला सदस्य रहेको थापा २०७८ मा सम्पन्न चौधौँ महाधिवेशनबाट नेपाली काँग्रेस प्रदेश १ महामन्त्रीमा निर्वाचित भएका हुन् ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको २०६२/०६३ को दोस्रो जनआन्दोलन परिचालनमा थापाले नेपाली काँग्रेसको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । युवा देखी नै राजनीति र सामाजिक क्षेत्रमा समानान्तर नेतृत्व गर्दै आएका युवा नेता थापासँग आन्दोलन, सङ्घर्षको पनि गहन अनुभव छ ।

मुलुकमा भएका ठुला ठुला राजनीतिक परिवर्तनले जनतामा जागेका आकाङ्क्षा पुरा भएन, नेताहरूले भ्रष्टहरूलाई संरक्षण गरेकाले जनता निराश भएको उनको भनाई छ । दलहरूप्रतिको असन्तुष्टिका जिम्मेवार नेताहरू हुन । उनी भन्छन ‘दल होइन दलको नेतृत्व परिवर्तन हुनुपर्दछ त्यसको लागि युवा पुस्ता नेतृत्व लिनका लागि तयार हुन जरुरी छ ।’

अबको राजनीति चुनाव जितेर सत्ताको सुखभोगमा अलमलिने होइन जनताका माझ रहेर उनीहरूका आवश्यकता पुरा गर्नमा केन्द्रित हुनुपर्ने थापाले बताए । राजनीति र सामाजिक सेवाको क्षेत्रमा लामो समय गाउँ गाउँ जनताका माझ बिताएको अनुभव सुनाउँदै उनी भन्छन ‘प्रदेशकै समस्या, विकासको आवश्यकता र जनभावनाको अनुभव मेले बटुलेको छु ।’

उनको भनाई अनुसार चुनावी संकल्प-पत्रमा विकासका न्यूनतम आवश्यकताहरू समेत उल्लेख गरेर यसको पुष्टि गरेका छन । ८१ बुँदाको सङ्लपहरूमा उल्लेख भएका बुँदाहरूले प्रदेश १ (क) को मात्र होइन समग्र क्षेत्रकै विकासमा नयाँ फड्को मार्न सक्छ । तर ती कुराहरू सङ्लपहरू हुन । पाँच वर्षकै कार्यकालमा सबै पुरा हुने भने होइन ।
उम्मेदवार थापाले भने ‘जनताको प्रतिनिधित्व गर्न अग्रसर हुनेलाई यहाँका आवश्यकता, जनताको भावना के के छन् भन्ने बुझ्न र थाहा हुन जरुरी हुन्छ ।’ संकल्पपत्र त्यसको एउटा दस्ताबेज हो ।

प्राथमिकताको आधारमा काम गर्ने पूर्व योजनाको सूचि हो । समयकाल क्रममा सोही कामहरू पुरा गर्दै समृद्धिको चरणमा पुग्ने संकल्प-पत्र भोलि जनताले जनप्रतिनिधिलाई प्रश्न गर्ने आधारको रूपमा रहने उनको भनाई छ ।
धरान नक्सामा उपमहानगर त बन्यो तर यसमा गाभिएका गाउँहरूमा सडक सम्पर्क, आधारभूत सहरी आवश्यकता भने बन्न सकेको छैन । यसको पूर्तिका लागि संकल्पपत्रमा दर्जन जाति सडक, पुल, ग्राभेलका योजनाहरू औँल्याइएका छन। पछिल्लो समय कृषि क्षेत्रमा स्थानिय समुदायका सक्रियता बढेको छ । उपमहानगरको कृषि क्षेत्रको व्यवस्थित विकास र बजारीकरणमा योजनाहरू औँल्याइएका छन ।

बिपी अस्पताल भए पनि धरानका बिरामीहरूले भेण्टीलेटर नपाउँदा समेत बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न पुरानो धरान अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई संकल्पपत्रमा औँल्याइएको छ । बिपी अस्पताल बनेपछि स्वास्थ्य मन्त्रालयको उक्त जग्गा लामो समयदेखि उपयोग विहीन छ । बेलाबेलामा बिपीले क्लिनिक सञ्चालन गरे पनि जनतालाई परिणाममुखी सेवा दिन सकेको छैन ।

धरानमा पाँचकन्या र विष्णुपादुका गाविस गाभिएपछि खानेपानीको ठुलो दिर्घकालिन योजना चाहिएको छ । यसलाई प्राथमिकता राखेर संकल्पपत्रमा वृहत् खानेपानी योजनाका लागि सङ्घीय र सकारबाट बजेट ल्याउने पहलको प्रस्ताव गरिएको छ । सप्तकोशी नदीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन र धरान-लेउती सुरुङ मार्गसँग धरानलाई जोडेर तमरबाट पानी ल्याउने सम्भाव्यताका संकत पनि सङ्कल्प पत्रमा गरिएको छ ।

प्रत्याशी थापा भन्छन ‘संकल्पपत्रका बुँदाहरूमा ठुला दिर्घकालिन योजनाका कुराहरू पनि छन, त्यसका लागि सङ्घीय र प्रदेश सरकारमा गठबन्धनकै पहुँच हुने मतदाताहरूलाई बुझिदिन आग्रह गर्दछु ।’ संकल्पपत्रमा यहाँको आर्थिक, सामाजिक, विविध भाषिक, सांस्कृतिक, धार्मिक क्षेत्रका विकास, निर्माण संम्बर्धन सहित पर्यटनमा फड्को मार्न केबुलकार र धरान-विराटनगर रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गराउने प्रस्तावमा समेत ध्यानाकर्षण गराइएको छ ।

Previous Post

मुस्ताङ ५ औं सयपत्री कपको उपाधि सालवनीको पोल्टामा

Next Post

सुनसरी – १ लाई पयर्टकको हव बनाउछु : मुक्साहाङ मेन्याङ्बो

Next Post
सुनसरी – १ लाई पयर्टकको हव बनाउछु : मुक्साहाङ मेन्याङ्बो

सुनसरी - १ लाई पयर्टकको हव बनाउछु : मुक्साहाङ मेन्याङ्बो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लाेकप्रिय

  • बालिका आत्महत्या दुरुत्साहन प्रकरणः मृतकका ठूलोबुबा–ठूलीआमा पक्राउ

    बालिका आत्महत्या दुरुत्साहन प्रकरणः मृतकका ठूलोबुबा–ठूलीआमा पक्राउ

    4315 shares
    Share 1726 Tweet 1079
  • हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

    3980 shares
    Share 1592 Tweet 995
  • दाहसंस्कार गराउन पुर्याएका शिशु जिउदै, कोशी अस्पतालमा तनावग्रस्त 

    3054 shares
    Share 1222 Tweet 764
  • बराहक्षेत्रको चक्रघट्टिमा छुरा प्रहार हुँदा दर्जीको मृत्यु

    2343 shares
    Share 937 Tweet 586
  • बराहक्षेत्रको श्रीलंका टप्पुबाट  रंगेहात बराहक्षेत्रका ४ सहित ८ जना शिकारी पक्राउ 

    2226 shares
    Share 890 Tweet 557

हाम्राे बारे

सदावहार मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित इ-बराहदर्पण डटकम हाल परीक्षणकाे क्रममा रहेकाे छ । हामी चाँडै नै स्थानीय खबरसहित सबै किसिमका समाचारका साथमा आउनेछौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद

ताजा समाचार

कोमल साना किसान कृषि सहकारीको अध्यक्षमा दानबहादुर सर्वसम्मत चयन,२३ लाख नाफा

कोमल साना किसान कृषि सहकारीको अध्यक्षमा दानबहादुर सर्वसम्मत चयन,२३ लाख नाफा

by दिपक पुरी
१ दिन अगाडि
0

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

by इ-बराह दर्पण
६ दिन अगाडि
0

सप्तकोशी नदीमा लगाएको त्रिखुट्टी पिल्लर चोरी गर्ने ९ जनालाई थप अनुसन्धान गर्दै प्रहरी

सप्तकोशी नदीमा लगाएको त्रिखुट्टी पिल्लर चोरी गर्ने ९ जनालाई थप अनुसन्धान गर्दै प्रहरी

by इ-बराह दर्पण
१ हप्ता अगाडि
0

प्रेस युनियन सुनसरीव्दारा डाइलसिस गराई रहेका पत्रकार दियालीलाई २१ हजार नगद सहयोग

प्रेस युनियन सुनसरीव्दारा डाइलसिस गराई रहेका पत्रकार दियालीलाई २१ हजार नगद सहयोग

by इ-बराह दर्पण
२ हप्ता अगाडि
0

वराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी (कात्तिके ) मेला मङ्सिर ७ गतेदेखि लाग्दै

वराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी (कात्तिके ) मेला मङ्सिर ७ गतेदेखि लाग्दै

by इ-बराह दर्पण
२ हप्ता अगाडि
0

सम्पर्क

सदावहार मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
ठेगाना : बराहक्षेत्र ३, सुनसरी
कम्पनी दर्ता नंं. २९६२१७/२०७९/०८०
सम्पर्क नं. : ९८१९०७५९१०
इमेल : ebarahadarpan@gmail.com

हाम्राे टीम

सञ्चालक : दिपक पुरी
सम्पादक : सिताराम बस्नेत
समाचार प्रमुख : संगम बिष्ट
डेस्क रिपोर्टर : सबिना खड्का
संवाददाता :
बजार व्यवस्थापक :

© Barahachhetra Media Pvt. Ltd 2021 ।। Website Design By : IT Karkhana (आईटी कारखाना)

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य समाचार
  • विचार
  • मनाेरञ्जन
  • विश्व
  • खेल

© Barahachhetra Media Pvt. Ltd 2021 ।। Website Design By : IT Karkhana (आईटी कारखाना)

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist