लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं – ४ प्रदेस सभा क बाट प्रदेस ससदस्यको उमेदवार बनेका नेपाली कांग्रेसका सदानन्दन मण्डलले कृषि पेसालाई थप व्यवस्थित बनाउन आधुनिकरण र सडक तथा भौतिक पुर्बधारको बिकासलाई प्राथामिकतामा राखेर काम गर्न बताएका छन् ।
खानेपानीको दिर्घकालिन योजनाका बारेमा आफु गम्भीर रहेको बताउँदै मण्डलले भने ‘अबको योजना भौतिक पुर्बधार र आर्थिक समृद्धि हुनेछ । आर्थिक समृद्धिकालागि रोजगारीको सिर्जना , स्वरोजगार मुलक तालिम , कृषिलाई आधुनिकरण गर्ने कुरालाई प्रथामिकता सहित योजना बनाएर पहल गर्नेछु ।’
वराहक्षेत्र – ९ राजावासमा लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलले भन्ने ठुला दिर्घकालिन योजनाका लागि सङ्घीय सरकार र प्रदेश सरकार सम्म पहल कदमी लिनेछु । सडक सञ्जाल, आर्थिक, सामाजिक, विविध भाषिक, सांस्कृतिक, धार्मिक, पर्यटनको विकास, निर्माणको कुरामा योजना बनाएर काम गर्नेछु ।संगम बिष्ट बाट