मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ प्रदेश सभा (क) उमेदवार सदानन्द मण्डल जनताको सेवक भएर काम गर्ने बताए ।
मा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका मण्डलले प्रदेस सभा भित्र रहेका रामधुनी , वराहक्षेत्र र कोशि गाउपालिकाको सम्रग धार्मिक एव प्राकृतिक सम्पदाको संरक्षण , प्रबर्द्धन , बिकाससंगै इतिहास कायम हुने गरी योजना बनाएर काम गर्ने आफु उमेदवार बनेको बताएका छन् ।
निर्वाचन क्षेत्र भित्रका साना भन्दा साना समस्या प्रति जानकार रहेको बताउदै मण्डलले भन्ने ” पार्टी संगठनमा लामो समय काम गरे , लोकतन्त्र प्राप्तिकालागि जेलमा समेत बसेको छु । बिद्यार्थीहुँदै नेपाली कांग्रेसको राजनिती गरेको छु । पार्टीले टिकट दिएको छ । सवैले मिलेर जिताउन आग्रसर हुनु पर्छ यसकालागि कांग्रेस नेताहरु जिम्मेवार भएर लाग्नु पर्ने उनले बताए ।
कोशीदेखि वराहक्षेत्रहुदै रामधुनी जोड्ने सडक , स्वास्थ्य , बिद्यालय क्याम्पस लगाएको काम गर्ने रोजगारी र कृषिको बिकासमा काम गरि जनता जीवन स्तर उकास्न आफु सक्षम रहेको समेत मण्डलले जिकिर गरेका छन् ।
आइतवार वराहक्षेत्र स्थित चक्रघट्टिमा एक कार्यक्रममा बोल्दै उमेदवार मण्डलले सामुदायिक विद्यालयमा शैक्षिक सुधार, अस्पतालको अवधारणा अगाडि बढाउन लाग्ने उनले स्पष्ट पारेका छन् । गठबन्धनको समर्थन , आवशक्ता चाहना आफू प्रति भएकाले जनताको चाहना र आकाङ्क्षा अनुरूपको विकास निर्माण आफ्नो कर्तव्य हुने बताए ।
उनले भने, “मैले यस क्षेत्रको समस्या, हावापानी बुझेको छु ।आवश्यकता र चाहनासँग पनि परिचित छु । त्यसैले विकासप्रतिको चाहना नै मेरो प्रतिबद्धता हुनेछ। उनले “मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गठबन्धनको उम्मेदवार प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका प्रभावसाली , बिकास प्रेमी नेता ज्ञानेन्द्रबहादुर कार्कीले विजय गराउन आव्हान समेत गरेका थिए ।