वराहक्षेत्र नगरपालिकाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको चक्रघट्टि बजारमा नगरपालिकाले अनुगमन गरेको छ।
दसैँ तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँ जसो उकालो लागेको गुनासो उपभोक्ताबाट आएसँगै वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले चक्रघट्टि बजारका पसलहरूको अनुगमन गरेको थियो।
चक्रघट्टी बजार क्षेत्रमा रहेका खाद्यान्न पसल, किराना रङ्ग पसल, गैर खाद्यान्न सामाग्री, कपडा पसल,हार्वयर पसल लगायत अनुगमन गरिएको थियो ।अनुगमन गर्ने क्रममा ७ वटा पसल लाई जरिवाना गरेको बताए ।
सो क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । भने कुनै सामाग्री भने बनेको मिति र म्याद नभएको सामाग्री र म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए