सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र बहादुर कार्कीको सर्वसम्मत नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस सुनसरी जिल्ला कार्य समितिको आइतबार बसेको बैठकले नेपाल सरकारका सञ्चार तथा सुचना प्रबिधि मन्त्री समेत रहेका कार्कीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
२०७४ को निर्वाचनमा कार्की सोही क्षेत्रबाट निर्वाचित संसद हुन् । उनले वामगठबन्धनको तर्फबाट एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
नेपाली कांग्रेसका प्रभावसाली केन्द्रीय सदस्य समेत रहेका कार्की क्षेत्रमा लोकप्रिय मानिन्छन् । सरल स्वभावका बिकास प्रेमी नेताको रुपमा स्थापित कार्की पुर्व अर्थ मन्त्री र जलस्रोत मन्त्री समेत हुन् ।
सोही क्षेत्रमा नेकपा एमालेले प्रदेस नं १ का पुर्व मन्त्री जगदीश प्रसाद कुशियैतलाई उमेदवारकोलाई सर्वसम्मत सिफारिस गरेको छ ।
२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४ प्रदेस सभा १ बाट बिजयी भएका उनलाइ नेकपा एमालेको क्षेत्र नं ४ कमिटीको शनिवार बसेको बैठकले सर्वसम्मत उमेदवारकोलागि सिफारिस गरेको थियो। कुशियैत नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन।