संङ्घिय सरकारका सुचना तथा सञ्चार प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसी नदीबाट भोग्दै आएको स्थानियको समस्यालाई दिर्घकालिन रुपमा समधानकालागि योजना बनाउने उद्घोष गरेका छन् ।
दिघो रुपमा सप्तकोसी कट्टान नियन्त्रण गर्ने नेपाल सरकार लागि पर्ने मन्त्री कार्कीले बताए । शनिबार वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलंका टप्पु पगेका मन्त्री कार्कीले कोशि कट्टानबाट प्रभावित क्षेत्रलाई सरकारले प्रकोप संकट ग्रत क्षेत्र घोषणा गरेर स्थायीको समस्यालाई समधानको योजना बनाउन खोजिएको बताए ।
मन्त्री कार्कीले भन्ने कोशी कट्टानबाट पिडितको समस्यालाई तत्कालीन र दिघकालिन रुपमा योजना बनाएर समधान गर्ने सरकार लागि परेको छ । कोशी पिडितको समस्या र दुखलाई सरकारले बुझेको छ । तत्काल सरकारले संकट ग्रत क्षेत्र घोषणा गरेको छ । अब चाडै योजना बनाएर सरकारले दिर्घकालीन रुपमा समधानको खोजी गर्नेछ । श्रीलंका टप्पुको आधारभुत बिकासमा योजना बनाएर काम गरे । अब बस्तिको स्थायि रुपमा संरक्षण गर्ने योजना बनाएर काम गर्ने छु ।
शनिबारनै मन्त्री कार्कीले १ सय १६ जना कोशिबाट प्रभावित परिबारलाई खाद्यन प्रदान गरेका छन । चौधरी फाउडेशन करुणा फाउडेशन, संकलन सिबिआर नेपाल र जापानिज संस्था एपास्टको सहयोगमा स्थानीय कोशि पिडितलाई खाद्यन स्वरुप चापल, दाल , नुन , तेल , साबुन , झुल, टस लाइट लगाएत सामाग्री प्रदान गरिएको थियो ।
मन्त्री कार्कीले टप्पुबासीको समस्या बारे स्थानीयसंग छलफल समेत गरेका थिए । बिधुत सेवा उपलब्ध गराए पछि टप्पुबासीको मनमा बसेका मन्त्री कार्कीलाई स्थानीयले चाडो रुपमा कोशी कटाम नियन्त्रण गरि दिन अनुरोध गरेका थिए ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलयमा प्रमुख इन्द्रदेब यादव , वडा नं ६ का अध्यक्ष उद्ववप्रसाद पोखरेल , वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशी , वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ्ग लगाएत स्थानीय जनप्रतिनिधि , चौधरी फाउडेशन करुणा फाउडेशन, संकलन सिबिआर नेपाल र जापानिज संस्था एपास्टका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो ।
शनिबारनै मन्त्री कार्कीले वराहक्षेत्र नगरपालिका वडा नं १० प्रकासपुरमा उहाकै पहलमा नेपाल टेलिकमले जडान गरेको नेपाल नेटवर्क फाईवर नेटवर्क र नेन्ड लाइन फोनको बिस्तार तथा शुभारभ गरिएको वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङले बताए ।