सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ९ रामबिलास टोल स्थित रजित उराँवको घरमा अगलागी भएको छ ।
आज सोमवार करिब दिउँसो १२ बजेको समयमा घरको भान्सा कोठामा बालेको आगोको कारण आगलागी भएको हो । आगलागीबाट काठे फुस्को घर पुर्ण रुपमा क्षति भएको छ ।
घरमा राखेको अन्न, लत्ताकपडा , कागजपत्र सहित नगद २५ हजार लगायत भित्र राखेको भाडाकुडा जलेर नष्ट भएको छ ।
श्रीमति, २ संन्तान रहेका रंजितको परिवारमा रहेका छन् । आगो स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
घरमा सम्पूर्ण परिवारको लगाएको कपडा बाहेक सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको उराँव परिवारलाई नगर प्रमुख रमेश कार्कीले खाद्यान्न उपलब्ध गराएका हुन ।
सोमबार घटना स्थलमै पुगेर नगर प्रमुख कार्कीले अती आवाश्यक चामल , नुन , तेल , मसला , साबुन लगाएका सामाग्री उराँव परिवारलाई उपलब्ध गराएका थिए ।
घटना स्थलमा प्रमुख प्रशासकीय अधिकृत ऋद्वि प्रकाश सिटौला वडा अध्यक्ष लगाए पुगेका थिए ।