वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले चतराधाममा आयोजना हुने कुम्भ मेलालाई राष्ट्रकै गौरबको रुपमा लिएर योजना बनाउन सङघिय सरकारसंग आग्रह गरेका छन् ।
मङलवार वराहक्षेत्र – १ कुम्भनगरी चतराधाम स्थित जगद गुरु पिठ चतरामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले कुम्भ मेला आयोजनाको व्यवस्थापन र स्थायित्वकालागि नगरपालिका योजना बनाएर लाग्ने बताउदै चतराधाममा आयोजना हुने कुम्भ मेललाई प्रदेस तथा संङ्घिय सरकार पनि प्रथामिकतामा राख्नु पर्नेमा जोड दिए ।
कुम्भ मेलाको थप व्यवस्थापनकालागि आफु लागि पर्ने समेत नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले भन्ने “वराहक्षेत्र दिब्य भुमि हो । मठ मन्दिर सजिएको छ । धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्ने लागि पर्ने समेत बताए । चतरा कुम्भको राजधानीको रूपमा स्थापित भएको छ । अबको ढेर बर्ष पछि लाग्ने कुम्भ मेलालाई भव्य बनाउन सवैसंग छलफल , अन्तक्रिया गरेर तयारी गरिने छ।”
चतराधामको बिकास र प्रबर्द्धनकोलागि नगरपालिकाले योजना बनाएर काम गर्ने नगर प्रमुख कार्कीले बताए । वराहक्षेत्रको बिकास र समृद्धिकोलागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत नगर प्रमुख कार्कीले ब्यक्त गरेका थिए ।
नगर प्रमुख कार्कीले भन्ने वराहक्षेत्र नगरपालिका बनाउन आफु राजनीतिमा लागि परेको हो । बिकासकोलागि सबैसंग सहकार्य गरिने छ । कृषि, स्वस्थ्य, शिक्षा , सडक क्षेत्रको बिकासका लागि योजना बनाएर अगाडि बढ्ने र कुम्भ मेलालाई राष्ट्रकै चिनारिको रुपमा बिकास गराउन आफु लागि पर्ने नगर प्रमुख कार्कीले बताए ।
कार्यक्रममा नेपाल राष्ट्रका प्रथम जगद गुरु चतराधामा लाग्ने कुम्भ मेलाका योजनाकार बालसन्त मोहन शरणले कुम्भ मेला आयोजनाको गुरु योजना बनाएर सरकार लाग्नु पर्ने र यसको पहल वराहक्षेत्र नगरपालिकाले गर्नु पर्ने बताए ।
वराहक्षेत्र नगरपालिका र कुम्भ नगरी चतराधामको चर्चा गर्दै नगर प्रमुख कार्कीलाई वराहक्षेेत्र चतराधामलाई सुन्दर, दिव्यको रुपमा बिकास गरेर भव्य कुम्भ मेलाको आयोजनाको नेतृत्व गर्न आग्रह गर्नु भएको थियो ।
चतराधाममा २०५९ सालमा नेपालमा पहिलो पटक कुम्भमेला आयोजना भएका थिए । त्यसपछि २०६३ सालमा अर्धकुम्भ लगाइएको थियो । २०७० सालमा भने पूर्ण महाकुम्भ लगोको थियो । यसमा राष्ट्रपतिको प्रमुख आतिथ्यता रहेको थियो । जगतगुरु बालसन्त मोहन सरणका अनुसार बराह, स्कन्द र विष्णु पुराणमा पनि चतराधामको महत्व दर्शाइएको छ ।
उनले भने,‘‘शास्त्रमा भएका विषयलाई नै मैले उजागर गर्ने प्रयास गरेको हुँ । अब यो सफल पनि भएको छ ।’चतराधाममा बालसन्तको प्रयासमा शुरु भएको कुम्भमा सहभागी हुन भारतबाट समेत धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ । नेपालभरबाट सप्तकोशीमा स्नान गर्न आउनेको भिड लाग्छ । भारतको वृन्दावनमा शिक्षदीक्षा लिएका बालसन्तलाई भारतका विभिन्न पीठका पिठाधिशहरुले नेपालको जगतगुरुको मान्यता दिएका छन् । सरकारले पनि बालसन्तलाई मान्यता दिएको छ ।
पछिल्लो समय चतराधाममा २०७५ / २०७६ सालमा आयोजना भएको चौथो कुम्भ मेलाखो रुपमा दोस्रो अर्द्ब कुम्भ मेला आयोजना भएको थियो । १२/१२ बर्ष चतराधाममा महाकुम्भ मेला आयोजना हुने गर्दछ । महाकुम्भ मेलाको बिचको ६ बर्षमा भन्ने अर्द्ब कुम्भ मेला आयोजना हुने गरेको छ ।
कुम्भको राजधानिको रुपम स्थानीय चतराधाममा मङलवार राधाकृष्ण भक्ति आध्यामिक प्रतिष्ठान एव जगत गुरु पिठले नगर प्रमुख कार्कीलाई सम्मान समेत गरेको थियो । मङलवारनै नगर प्रमुख कार्कीलाई जगद गुरु बालसन्तले कुम्भ परिसद अबलोकन समेत गराउनु भएको थियो।