संगम बिष्ट / चतरा
संङघिय सरकारका सुचना तथा सञ्चार प्रबिधि एव प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की शनिबार सुनसरी स्थित गृह नगर वराहक्षेत्र आउने भएका छन् ।
वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसले आयोजना गर्ने छलफल तथा अन्तक्रिया कार्यक्रममा मन्त्री कार्की सहभागी रहने क्याम्पसक प्रमुख खगेन्द्रबहादुर निरौलाले बताए ।
निरौलाका अनुसार शनिबार सार्वजनिक बिदाको दिन भए पनि बिद्यार्थीहरु अन्तक्रिया गर्ने कार्यक्रम राखिएको छ । भन्ने क्याम्पसलाई प्राप्त वसको अौपचारिक रुपमा उद्घाटन मन्त्री कार्कीले गर्नेछन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले शनिबारनै वराहक्षेत्रमा बिकासका थप योजनाको बिषयमा छलफल तथा नेता ,कार्यक्रमसंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको नेपाली कांग्रेसका क्षेत्र नं ४ प्रदेस सभा १ समितिका सभापति उपेन्द्रबहादुर कटुबालले बताए ।
शनिबारनै मन्त्री कार्की इनरुवामा नेपाल टेलिकमले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।