वराहक्षेत्र नगरपालिकाले प्रथम खुल्ला डुङ्गा दाैड प्रतियोगितामा सुनसरी जिल्लाबाट प्रतिनिधित्व गरेर उपाधि जितेका बराहक्षेत्र खेलाडीहरुलाई सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद काठमाडौंको आयाेजनामा रामेछाप जिल्ला खेलकुद बिकास समितीकाे व्यवस्थापन एव मन्थली नगरपालिकाकाे आर्थिक सहयोग र नेपाल माझी उत्थान संघ रामेछापको समन्वयमा रामेझापको सेलेघाटमा असार ४ गते प्रथम खुल्ला डुङ्गा दाैड प्रतियोगितामा सप्पन्न भएको थियो ।
सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै वराहक्षेत्र नगरपालिकाका खेलाडिहरु प्रतियोगितामा सहभागी भएका थिए । मङलबार खेलाडिहरु चन्द्रबहादुर माझी ,जीवन माझी, जितेन्द्र र भेषबहादुर माझीलाई नगर प्रमुख रमेश कार्कि , उपप्रमुख नन्दकुमारी राई लगाएले सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका थिए । प्रशिक्षण इन्द्र माझी र टिम व्यवस्थापन गुञ्जलाल माझीलाई समेत दोसल्ला ओडाएर सम्मान गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
जिल्ला स्तरीय प्रतियोगितामा सुनसरी जिल्ला बाट बराहक्षेत्रका खेलाडीहरुले प्रतियोगितामा सहभागी भैइ डवल्स ( ४ जना) र सिङ्गल (२ जना )दुबैमा प्रथम स्थान हासिल गरेका थिए ।