सुनसरीको वराहक्षेत्र नगरपालिकामा मानव बेचबिखन बिरुद्ध चेतना मुलक कचहरी नाटक मञ्च गरिएको छ ।
सोमवार वराहक्षेत्र- ७ जंगि चौक स्थित सुर्य फेमेलि पार्टी प्यालेसको सभाहलमा स्थानीय वालबालिका, बिद्यार्थी तथा युवाहरुले नाटक प्रस्तुत गरेका थिए ।
माबव बेचबिखन बिरुद्ध अभियान रोकथाम नै समधान भन्ने नारा दिएर प्लान इन्टरनेशनल नेपाल र साझा सवालका लाई साझा मञ्च (कोकन) ले उक्त नाटक प्रस्तुत गरिएको थियो ।
साझा सवालका लाई साझा मञ्च (कोकन) का कार्यक्रम संयोजक हेमन्तराज पौडेलका अनुसार मानव बेचबिखन बिरुद युवाहरुहरुले नाटक मञ्च गरेका थिए ।
नाटकको मध्यबाट सुचना प्रबाह गर्ने उदेश्यले समुदायमा मानव बेचबिखन बिरुद युबाहरुको यात्रा र सहभागीको जिज्ञासा सहितको कचहरी नाटक प्रस्तुत भएको थियो ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं ६,७ र ८ का सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी राई , वडा नं ७ का वडाध्यक्ष कपिल आचार्य , वडा नं ८ का वडाध्यक्ष रोशन खड्का लगाएको उपस्थिति रहेको प्लान इन्टरनेशनल नेपालकि परिचालिका लक्ष्मी परियारले बताइन् ।