सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले संङघिय राजधानि काठमाडौको भम्रणमा नगरपालिकाको लागी शिक्षा , संचार , स्वास्थ्य लगाएको योजना माग गरेका छन् ।
४ दिन काठमाडौ भ्रमणका क्रममा नगर प्रमुख कार्कीले सञ्चार , सुचना तथा प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग सञ्चारकालागि नेटवर्कको टावर , सप्तकोसी बहुमुखी क्याम्पसकालागि बस , ट्रमा सेन्टर हस्पिटल , कोशि कटान नियन्त्रणमा दिर्घकालिन योजना , जंङगली जनावरको आक्रन्त रोकथाम गर्न दिर्घकालिन योजनको माग गरेका हुन ।
त्यस्तै नगर प्रमुख कार्कीले वराहक्षेत्रमा रहेका क्याम्पसलाई अनुदानकालागि बिश्व बिधालय अनुदान आयोगलाई अनुरोध गरेका छन् । शिक्षा अनुदान सानोठिमी भक्तपुरमा रहेको बिश्व बिधालय अनुदान आयोगका सचीव प्रध्यापक शंकर प्रसाद भण्डारीलाई कार्यलयमै पुगेर नगर प्रमुख कार्कीले आग्रह गरेका छन् ।काठमाडौ बसाईमा नगर प्रमुख कार्कीले वराहक्षेत्र नगरपालिकालाई धार्मिक रुपमा बिकाससंगै धार्मिक सर्कृटकोलागि योजना माग गरेका छन् । चतरामा लाग्ने कुम्भ मेला आयोजना , कोशि कटान पिडित र अव्यवस्थित बसोबासलाई र सुकुम्बासी व्यवस्थापनकालागि संङ्घिय सरकारसंग नगर प्रमुख कार्कीले आग्रह गरेका छन् ।
वराहक्षेत्र – २ चतरामा रहेको बराह आदर्श क्याम्पस र वराहक्षेत्र – ७ मा रहेको सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टिको लागि अनुदान माग गरेका रमेश कार्कीले टेलीफोन मार्फत जानकारी दिएका थिए ।