सुनसरीको वराहक्षेत्र नगरपालिकामा एैतियासिक रुपमा नेपाली कांग्रेस बिजयी भयो । ११ वटा वडा रहेको नगरपालिकामा मेयर सहित ८ बटा वडाध्यक्षमा कांग्रेसका उमेदवार बिजयी भए । २०७४ सालको स्थानीय निर्वाचनमा ३ वटा वडाध्यक्षमा सिमित कांग्रेसले ५ बर्ष पछि भएको निर्वाचनमा नेकपा एमालेलाई उपमेयर सहित ३ वटा वडाध्यक्षमा खुम्चाई दियो । कांग्रेसकालागि २०७९ को निर्बाचनले ईतियास कायम गरिदियो ।
नेपाली कांग्रेसको माथिलो निकायका नेताहरुको प्रथामिकतामा वराहक्षेत्र पर्ने गरेको थिएन् । एमालेको गणको रुपमा कांग्रेसका माथिल्लो तहका नेताहरुको बुझाई थियो ।तर त्यो बुझाईलाई भर्खर सम्पन स्थानीय निर्वाचनको परिनाणमाले गलत साबित गरिदिएको छ । कांग्रेसलाई बिजय गराउन माओवादी संगको गठबन्धन र नेकपा एकीकृत समाजबादिको साथ रहो । अझ कांग्रेस भित्रको एकता र नेतृत्वले पनि कांग्रेसलाई बिजय गराउन ठुलो भुमिका खेल्यो ।
वराहक्षेत्र काग्रेसमा सभापतिनै मेयरको उमेदवार भए पछि उपसभापति युवराज श्रेष्ठले पार्टीको कार्यबाहक सभापति पाए । युवा जोस भएका कार्यवाहक सभापति श्रेष्ठले अग्रजको होस सहित गतिविधिलाई बिस्तार गरे । पार्टीको आधिकारिक उमेदवार बिरुद्ब परेको बाघि उमेदवार फिर्ता गराउनदेखि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न कार्यवाहक सभापति युवराजको भुमिका महत्त्वपूर्ण रयो । समितिका पदाधिकारी , सदस्यदेखि नगरमा रहेका महा- समिति , महाधिवेशन , प्रदेश , जिल्ला , क्षेत्र , प्रदेस सभा , वडा सभापति लगाएय क्षेत्रिय प्रतिनिधिदेखि क्रियाशील सदस्यहरुलाई परिचालन गर्न उनले नेतृत्वदायि भुमिका निर्वाह गरे ।
भातृ तथा सुवेच्छु संघ , संस्थालाई सक्रिय पारी पार्टीका उमेदवारलाई सफल पार्न उनै कार्यवाहक सभापति युवराजले खेलेको भुमिकाले उनी अहिलेसबैको बदाईको पात्र सहित सफल बनेका छन् ।