नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले वडामा नेपाली कांग्रेसका उमेदवार बिरुद्ध परेको बाघि उमेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
नगर समितिका कार्यवाहक सभापति युवराज श्रेष्ठले वडामै पुगेर वाघि उमेदवारलाई फिर्ता लिन आग्रह गरेका हुन ।
बुधबार र बिहिबार वडा नं ६, ८ , ९ , १० र ११ मा कार्यवाहक सभापतिको नेतृत्वको टोली पुगेर आग्रह गरेको हो ।
नेपाली कांग्रेस वराहक्षेत्रमा एैतियासिक जित नजिक भएकाले नेपाली कांग्रेसका आधिकारिक उमेदवारलाई जिताउन लागि पर्न वाघि उमेदवारी आग्रह गरेका हुन। कार्यवाहक सभापति श्रेष्ठले भने बराहक्षेत्रका जनताले यो पटक परिवर्तन खोजेको श्रेष्ठले बताए ।