-
नेपाली कांग्रेस र माओवादि केन्द्रको गठबन्धनबाट वराहक्षेत्र नगरपालिकाको मेयरको उमेदवार रमेश कार्कीको मत माग्ने शैली देखेर मतदाताहरु वडो चाख मानेर हेरि रहेका थिए ।
चक्रघट्टिको शिवलय , जंगिचोक , संगम चोक जस्ता टोलमा गठबन्धनबाट वडाका उमेदवार , कार्यकर्ता सहित मत माग्न पुगेका कार्कीले ठुलासंग आशिर्वाद सहित मत मागि राख्दा कांग्रेस र माओवादी बाहेकका अन्य स्थानिय पनि चाख मानेर हेरिरहेका थिए वुद्बबुद्बाले हात सिरमा राखि दिदा कार्कीले आशिर्वाद र सहयोगको अपेक्षा रहेको बताउथें ।
धार्मिक एब प्राकृति रुपले सुन्दर र सभ्य नगर गणनामा अग्रपंक्तिमा वराहक्षेत्र आउने नगर हो । नेपालमा मात्र नभएर संसारमै सांसरभर वराहक्षेत्र धाम र कुम्भ नगरीको रुपमा वराहक्षेत्र परिचित छ । तर वराहक्षेत्रले यसको फाईदा लिन सकेको छैन् । ५ बर्षसम्म वराहक्षेत्र नगरपालिकामा नेतित्वगर्ने पार्टीको भिजन नहुदा जनताले बिकल्पमा कांग्रेसलाई मत दिएर वराहक्षेत्र त्यो पहिचारलाई नगरको बिकाशसंग जोड्ने भन्दै मत मागि रहेका छन् ।
निर्वाचन मार्फत वराहक्षेत्रवासीले आफ्नो भाग्य र भविष्यको फैसला गर्दैछन् । वराहक्षेत्र नगरपालिकालाई आज सम्मका गणको रुपमा एमालेले दाबि गरिरेको छ ।तर पनि माओवादिको साथ पाएको कांग्रेसले गठवन्धनको जित दर्ता गर्न लक्ष्यका साथ अभियानमा छ । वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दल एमालेलाई हराएर इतिहास बनाउने भन्दै संक्रिय रहेकाछन् ।
मुलुकको पुरानो एवं प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस र जनआन्दोलवाट आएको माओबादी केन्द्र निर्वाचनका लागि गठवन्धनको तर्फबाट उम्मेद्वार दर्ता गरिसकेको छ । इतिहासमै पहिलो पटक वराहक्षेत्रमा अभुतपुर्व कांग्रेस र माअोवादी एकता कायम गर्दै गठवन्धनको तर्फबाट नेपाली कांग्रेस नगर समितिका सभापति रमेश कार्की मेयर पदमा र नेकपा माअौबादी केन्द्रका नगर कमिटी सचिब अमीत गौतम उमेदवार बनेका छन् ।
मेयरमा कार्की र उपमेयरमा गौतम निर्वाचनमा जित सुनिश्चित भएको गठवन्धनका कार्यक्रता दाबि गरेका छन् ।
रमेश कार्की वराहक्षेत्रमा समाजसेवाको पृष्ठभुमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन । दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय राई चक्रघट्टि जेसिजका पुर्ब अध्यक्ष समेत भएका थिए । आफ्नो राजनितिक तथा सामाजिक जिम्मेवारी ईमान्दारीताका साथ निर्वाह गर्ने छवि बनाएका कार्की गत निर्वाचनमा एमालेको गण मानिने वराहक्षेत्र – ७ मा झिनो मतआन्तरले पराजित भएका थिए ।
५ वर्ष सम्म वराहक्षेत्र नगरको नेतृत्व गरेर पनि नगरवासीलाई यथास्थितिमै राखेको आरोप लागेको सत्तारुढ नेकपा एमालेलाई लाग्दै आएको छ ।
एमालेलाई नगरवासिले दिएकको जिम्मेवारी अपेक्षाकृत रुपमा पुरा गर्न नसकेको र स्थानिय तह मार्फत हुने विकास निर्माणका कार्यहरुमा ठुलो भ्रष्टाचार भएकाले यसपटक वराहक्षेत्रवासीले परिवर्तन चाहेकाले आफ्नो गठवन्धनको जित सुनिश्चित रहेको दाबी गरेको छ ।
एमालेले नगरवासीको आशालाई निरासामा परिणत गरेकोले सामाजिक गतिविधि र वराहक्षेत्रको हितका पक्षमा अनवरत संघर्षरत युवा उम्मेद्वार रमेश कार्की र अमीत गौतमलाई वराहक्षेत्रको नगरको नेतृत्वमा स्थापित गर्ने चर्चा थालेका छन् । त्यसर्थ निम्न कारणहरुले वराहक्षेत्रको भावी मेयरमा गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार रमेश कार्की र उपमेयरमा माअौवादी केन्द्रका अमीत गौतम विजयी हुनुपर्ने चर्चा चल्न थालेको छ ।