नुतनकुमार धामी वराहक्षेत्र नगरपालिका वडा नं ४ का भुमि पुत्र हुन् । उनलाई नेपाली कांग्रेस वडा नं ४ कार्य समितिले सर्वसम्मत रुपमा वडाध्यक्ष पदको उमेदवारमा सिफारिस गरेको छ ।
इमानदार र सरल स्वभाव भएका नुतनको जन्म साबिक भरौल गाबिसको जम्टोकीमा २०२० सालमा भएको थियो । सामाजिक रुपमा सक्रिय नुतनले तत्कालीन आई.ए. पास सम्मको अध्ययन गरेका छन् ।
२०३९ सालमा कालाबन्जारको ज.डे.ज माध्यमिक बिद्यालयबाट तत्कालीन एसएलसि पास गरेका नुतनले आई. ए . पास भन्ने बिराटनगरको महेन्द्र मोरङ्ग कलेजबाट गरेका थिए ।
बिद्यार्थी हुँदै नेपाल बिद्यार्थी संघमा आबद्ब भएका नुतन २०३५ / ०३६ सालबाट नेपाली कांग्रेसको समर्थक भएर नेपाल बिद्यार्थी संघको सदस्यता लिएका थिए । २०४६ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका नुतन अबिचलित रुपमा कांग्रेसको सक्रिय कार्यक्रताको रुपमा साबिक भरौलमा स्थापित छन् ।
कांग्रेसको क्रियाशिल सदस्य हुँदै एक कार्यकाल नेपाली नेपाली कांग्रेस भरौल गाऊ इकाई समितिको सदस्य भएर काम गरेको नुतनसंग अनुभव छ । कांग्रेसको १३ अौ महाधिवेशन अन्तर्गत तत्कालीन भरौल गाऊ ईकाईको सचिवमा पराजित भएका नुतन १४ अौ महाधिवेशनबाट भन्ने हालको वराहक्षेत्र वडा नं ४ को सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।
जसरी वडामा क्रियाशिल सदस्यबाट सर्वसम्मत रुपमा पार्टि सभापति बनेका नुतन सोही अनुशार बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको पदकोलागि पनि सर्वसम्मत रुपमा उमेदवारकालागि सिफारिस भएका छन् । वडाध्यक्षमा नुतनसंगै महिला वडा सदस्य पदमामा गिता कटुवाल , दलित महिला सदस्य पदमा रामवति मुसहर , खुल्ला वडा सदस्य पदमा जनक कार्की र बच्चुलाल चौधरीको नाम उमेदवार वडा कार्य समितिले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
वडामा मिझाशिलासंगै इमानदार व्यक्तित्वको छवि बनाएका नुतन निर्बिबाधित छन् । सानादेखि ठुलासबैका प्रिय पात्रको रुपमा स्थापित नुतनको उमेदवारलाई वडामा माटोले मागेको मान्छेको रुपमा हेरिएको छ । नुतन भरौलमा परिचितसंगै भरौलको भुमिबाटै स्थापित भएका व्यक्ति हुन् ।
एमालेको गणको रुपमा रहेको वडामा कांग्रेसको उमेदवार बनेका नुतन एक पटक परिवर्तनको पक्षमा उभिन वडाबासिकलाई अनुरोध गर्छन् । वडावासीको सामाजिक , आर्थिक , सांस्कृतिकसंगै समग्र वडाको बिकाशमा आफु लागि पर्ने प्रतिबद्ध रहेको बताउने नुतन मन र मत परिवर्तन गरेर वडालाई बिकासको गति दिन वडाबासीहरु लाग्नु पर्ने बताउछन् ।