बराहक्षेत्र ३ नडाहामा जारी गोर्खा तेस्रो न्यु जेनेरेशन च्यालेन्ज कप फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान फाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरान र कल्चरल ग्रीन फुटबल क्लब चक्रघट्टी बीच भएको खेलमा पहिलो हापको १५ मिनेट फेयर फुटबल क्लबका जर्सी नम्बर ९ खेलाडी कृष्ण थापाले गोल गर्दै पहिलो खाता खोलेका थिए ।भनेपुर्ण फेयर फुटबल क्लबका जर्सी नम्बर ९ थापाले खेलको २२ मिनेटमा दोस्रो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।
फेयर फुटबल क्लबले एकलौटी कब्जा गरेको खेलमा
खेलको ३० मिनेटमा जर्सी नम्बर ७ कृष्ण राईले गोल गर्दै खेल आफ्नो पक्षमा ल्याउनु सफल भएको थियो ।
यता कल्चरल गृन फुटबल क्लबका खेलाडीहरुको खेलमा तालमेल नमिल्दा गोल गर्ने अवसर समेत चुकाएका थिए ।
पहिलो हाप सम्म ० को विरुद्ध ३ गोल गर्दै फेयर फुटबल क्लबले अग्रता लिएको थियो ।
खेलमा कल्चरल गृन फुटबल क्लबले खेलको दोस्रो हापको ३२ मिनेटमा जर्सि नम्बर २१ कबुल राईले १ गोल फर्काउन सफल भएका थिए ।
खेलको ५५ मिनेटमा पुर्ण फेयर क्लब धरानका जर्सी नम्बर ९ खेलाडी कृष्ण थापाले गोल गर्दै ४-१ गोलको अन्तरले फेयर फाइनलको यात्रा पक्का गरेको हो। कल्चरल ग्रीन क्लबले गोल गर्न अवसर पाएपनी गोल फर्काउनु नसक्दा खेल हार खेप्नुपरेको थियो
फेयर क्लबका जर्सी नम्बर ९ कृष्ण थापाले ३ गोल गर्दै खेलको म्याद अफ द म्याच घोषित भए उनले भरौलको मनोज बिष्ट र क्लबका सचीव संयुक्त रूपमा १ हजार १सय ११ रुपैया चेक हस्तान्तरण गरेका हुन ।
दोस्रो सेमिफाइनल खेल बैशाख २ गते सालबन्दी फुटबल क्लब र पन्चायन फुटबल क्लब बीच हुने आयोजक समितिका अध्यक्ष अजित धामीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५५हजार ५सय ५५रुपैयाँ दोस्रो पुरस्कार ३३हजार ३सय ३३रुपैया रहेको छ।