बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा जारी गोर्खा तेस्रो न्यु जेनेरेशन च्यालेन्ज कपको पन्चायन फुटबल क्लब रामधुनी सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको दोस्रो खेलमा शान्तिनगर फुटबल क्लब इटहरी र पन्चायन फुटबल क्लब रामधुनी बीच भएको खेलमा दुबै टिम बाट २-२ गोल भए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५-३ गोल हराउदै पन्चायन फुटबल क्लब रामधुनीले सेमिफाइनलको यात्रा तय गरेको हो।
खेलको पहिलोको हाप २३मिनेटमा पन्चायन फुटबल क्लबका जर्सी नम्बर १२ खेलाडी सन्दीप लिम्बुले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थियोे ।
पहिलो हापको अतिरिक्त समयमा शान्तिनगर फुटबल क्लब इटहरी जर्सी नम्बर ९ खेलाडी राजिब गुरुङले गोल गर्दै खेललाई बराबरमा पुराए । पहिलो हाप सम्म दुबै टिम बाट १-१ गोल भएको थियो ।
निकै रोमाञ्चक रहेको खेलमा खेलको दोस्रो हापको ३० मिनेटमा शन्तिनगर फुटबल क्लब जर्सी नम्बर १० सुसन लामाले गोल गरेपछि खेलको अग्रता लिएको थियो । भने पुर्ण खेलको ३० मिनेटमा पन्चायन फुटबल क्लबका जर्सी नम्बर १२ सन्दीप लिम्बूले गोल फर्काउदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको म्याद फद म्याच पन्चायन फुटबल क्लबका गोलरक्षक अबिशेक कार्की घोषित भए उनलाई युवा समाजसेवी जीवन कार्की र खेल संयोजक अनिस गौतमले एकमुष्ट १ हजार १ सय ११ हस्तान्तरण गरेका थिए ।
भोलि सोमबार हुने खेल कल्चरल गृन क्लब चक्रघट्टी र लेटाङ फुटबल क्लब मोरङ बीच हुनेछ आयोजक क्लबका अध्यक्ष अजित धामीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५५हजार ५सय ५५रुपैयाँ दोस्रो पुरस्कार ३३हजार ३सय ३३रुपैया रहेको छ।
भने प्रायोजक गोर्खा बियर सह प्रायोजक भरौल बाल मन्दिर इङलिस स्कुल बराहक्षेत्र ३ नडाहा रहेको छ । भने संयोजकमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालय रहेको छ भने बिशेश सहयोगी संस्था मुन बिम एकेडेमी बराहक्षेत्र ५ , एभरेष्ट फुटबल क्लब बराहक्षेत्र ३ ,स्काई इङलिस स्कुल बराहक्षेत्र ३, वस्तु होम इन्जिनियर कन्सलटेन्सी रहेका छन ।