बेलकामा १५ वर्षीया एक छात्राको हत्या भएको छ।
बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ।अहिले विद्यार्थी हरुले आन्दोलनमा उत्रिएका छ्न ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो।
घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए।
उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ।
एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन्। घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ।
घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ। विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन्। भने विद्यार्थीहरुले रामपुर बजार नगरपालिका इलाका प्रहरी कार्यालयमा आन्दोलन समेत गरेका छन । उनी हरुले बेलका नगरपालिकाको कार्यालय लाई समेत तोडफोड गरेका हुन ।