सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ र २ मा संयुक्त रुपमा तरुण दल वडा समिति गठन भएको छ ।
आइतवार तरुण दल नगर सभापति पवन राईको सभापतित्वमा वडा नं १ मा ५१ र २ वडा ५१ सदस्यीय वडा समिति गठन गरिएको छ ।
वडा नं १ मा प्रविण राई सभापति रहेको समितिमा उप-सभापति डेगराज राई , उत्तम राई र मनोज राई त्यस्तै सचिवमा सञ्जित राई र होमकुमार ठटाल , सह- सचिबमा विवश शेर्पा ,सुमन तामाङ , सुजित श्रेष्ठ , अनिल श्रेष्ठ रहेको ५१ सदस्य समिति गठन गरिएको तरुण दल नगर सचिव मनोज तामाङले बताए ।
त्यस्तै वडा नं २ को सभापति प्रेम थापा चयन भएका छन् । उप-सभापतिमा ईश्वरदीप श्रेष्ठ , अर्बिन धामि , श्रितिज राई , देवेन्द्र थापा , सचिब सुदिप थापा , मदन कोइराला , सह- सचिव मायाहाङ्ग राई ,कल्याण राई ,उमेश खनाल कुलप्रसाद श्रेष्ठ रहेको ५१ सदस्य समिति गठन गरिएको छ ।
चतरा स्थित अौलिया मठमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तरुण दल सुनसरी उप- सभापति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि रोहित सुब्बाले स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन लागि पर्ने तरुणहरुलाई आव्हान गरे । उनले पार्टि र नेताकोलागि चट्टान भएर लाग्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्य ममता तामाङ , महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेत , नेपाली कांग्रेस वराहक्षेत्रका सभापति रमेश कार्की, जिल्ला सदस्य प्रदिप बस्नेत , अजित राई , नगर उपसभापति युवराज श्रेष्ठ , क्षेत्र नं १ सदस्य मणिराज राई , भगवति खड्का , गम्भीर दाहाल , क्षेत्र नं १ प्रदेस सभा २ उपसभापति चन्द मगर , पुर्ब नगर सभापति नारायण नेपाल , वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठ , क्षेत्र नं १ प्रदेस सभा २ सदस्य संन्तोष श्रेष्ठ, उदय ठटाल, लोकबहादुर दाहाल , मनु राई परियार , शिक्षक संघ वराहक्षेत्र सभापति गोकुल गुरागाई , नेपाल प्रेस युनियन वराहक्षेत्रका सभापति संगम बिष्ट , वडा नं १ सभापति ईश्वर थापा , वडा नं २ सभापति अमर कटुवाल , नगर सदस्य दिनेस राई , दिनेश घिमिरे लगाएतको नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत भाषण सचिव मनोज तामाङ्गले गरेका थिए । कार्यक्रम सञ्चालन तरुण दलका नगर सदस्य सुरेन्द्र श्रेष्ठले गरेका थिए ।