वाइ वाइ पाचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधि प्यालिङ्ग ब्वाइज फुटबल क्लब काठमाडौले जित हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा कालिका स्पोर्ट्स क्लब चितवनलाई ०–२ ले हराउँदै प्यालिङ्ग ब्वाइज काठमाडौ विजयी भएको हो ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको ज.डे.ज माध्यमिक बिधालयको खेलमैदान भएको वाइ वाइ पाचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकपमा
राष्ट्रिय खेलाडी सहित विभिन्न ए डिभिजन क्लबमा खेल्दै आएका खेलाडी हरुले भरिपूर्ण रहेकोखेलमा
पहिलो हाप सम्म दुबै टिम गोलरहित भए पनि दोस्रो हापको ७३ औं मिनेटमा प्यालिङ्ग ब्वाइज फुटबल क्लब काठमाडौका जर्सी नम्बर ३ मिलन राईले गोल गर्दै खेलमा पहिलो खाता खोलेका थिए ।
खेलको अतिरिक्त थप समयमा ८०+२ औँ मिनेटमा प्यालिङ्ग ब्वाइजका जर्सी नम्बर ११ प्रताप राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाउँदै प्यालिङ्ग ब्वाइज फुटबल क्लब काठमाडौको जित निश्चित गरेका थिए।
जितसँगै प्यालिङ्ग ब्वाइजले ३ लाख ट्र्फि मेडल प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको कालिका स्पोर्ट्स क्लब चितवनले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
फाइनल खेलको म्यान अफ दि म्याच प्यालिङ्ग ब्वाइज फुटबल क्लबका सुमन लामा घोषित भए। उनले नगद ५ हजार रुपैयाँ हात पारे ।
उत्कृष्ट गोलरक्षकमा प्यालिङ्ग ब्वाइज काठमाडौका मनोज प्रधान ,उत्कृष्ट डिफेन्डर प्यालिङ्ग ब्वाइज काठमाडौका दिजेश राजवंशी, उत्कृष्ट मिडफिल्डर कालिका स्पोर्ट्स क्लबका रुप बहादुर लामा,
उच्च गोलकर्ता बिन्सवासिनि फुटबल क्लब बिराटनगरका बिदेशी खेलाडी फोफोना र उत्कृष्ट प्रशिक्षक प्यालिङ्ग ब्वाइज काठमाडौका संचिन्द्र धिमाल घोषित भए । उनीहरूले जनही नगद १० हजार प्राप्त गरे ।
खेलको सर्वउकृष्ट खेलाडि प्यालिङ्ग ब्वाइज काठमाडौका मिलन राई घोषित भए उनले २५ हजार हात पारेका थिए ।
न्यु स्टार फुटबल क्लब बराहक्षेत्र ५ कालाबन्जारको आयोजना भएको भएको थियो । भने आज भएको अन्तिम फाइनल खेलको प्रमुख अतिथि प्रदेश नम्बर १ पुर्ब मुख्य मन्त्री भिम प्रसाद आचार्य रहेका थिए ।