पाँचौ वाई वाई अन्तर्राष्ट्रिय भरौल गोल्डकपको आज भएको पहिलो सेमिफाइनल खेलमा राजारानी धनकुटालाई हराउँदै प्लानिङ्ग ब्वाइज काठमाडौ फाईनलमा प्रवेश गरेको छ ।
राजारानी फुटबल क्लब धनकुटालाई ०-२ गोलले हराउँदै प्लानिङ्ग ब्वाइज काठमाडौले फाइनलको यात्रा तय गरेको हो ।
पहिलो हापको ९ मिनेटमा प्लानिङ्ग ब्वाइज काठमाडौका जर्सी नम्बर ८ ओम प्रकाश चौधरीले पहिलो गोल गर्दै खेलको खाता खेलेका थिए ।
निकै रोमाञ्चक भएको खेल पहिलो हाप सम्म १-०को अन्तरले प्लानिङ्ग ब्वाइज काठमाडौले अग्रता लिएको थियो ।
राजारानी फुटबल क्लबले गोल गर्न अवसर लाई चुकाउदा खेल हार खेप्नुपरेको थियो भने प्लानिङ्ग ब्वाइज काठमाडौले गोल गर्न निकै प्रहार गरेपनि राजारानीको गोलरक्षकले गोलको बर्साह हुनबाट जोगाएका थिए । खेलको अतिरिक्त समयमा प्लानिङ्ग ब्वाइज काठमाडौका जर्सी नम्बर २ खेलाडी सुमन लामाले गोल गर्दै ०विरुद्ध २ गोल गर्दै पाँचौ वाई वाई अन्तर्राष्ट्रिय भरौल गोल्डकपको फाइनलको यात्रा सुरक्षित गरेको हो।
खेलमा उत्कृष्ट प्रर्दशन गरेका प्लानिङ्ग ब्वाइज काठमाडौका जर्सी नम्बर ११ खेलाडी दिनेश राजवंशी खेलको म्यान अफ दि म्याच समेत घोषित भए उनलाई सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल पिन्सिपल कृष्ण तामाङ र समाजसेवी केशव मैनाली संयुक्त रूपमा पाँच हजार नगद हस्तान्तरण गरेका हुन ।
प्रतियोगितामा प्रथम पुरस्कर ३ लाख दोस्रो पुरस्कर १ लाख ५० हजार सहित ट्रफी मेड्ल पाउनेछन । भने भोलिको अन्तिम सेमिफाइनल खेल कालिका स्पोर्ट्स फुटबल क्लब चितवन र बिन्दाबसिनी फुटबल क्लब बिराटनगर बीच खेल हुनेछ । आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।