निर्माणकार्य सम्पन्न भइ संचालनमा आएको करिब २ बर्ष पछी बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय विधिवत रूपमा आज सोमबार भवनको उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व वन वातावरण तथा पर्यटन मन्त्री माननीय जगदिश प्रसाद कुसियतले विधिवत रूपमा भवन उद्घाटन गरेका हुन।
कोभिड १९ को कारण भवनको निर्माण भए पनि उद्घाटन हुन सकेको थिएन ।
भवन उद्घाटन कार्यक्रमको अवसरमा वडा कार्यालय भवन निर्माण गर्न निशुल्क जग्गा दिनु हुने कमल प्रसाद राई (१४ कुमार ) रेनुका राईले ३ कठ्ठा र सन्तोष कुमार राई , दुर्गा राईले १ कठ्ठा १२ दूर नम्बरी जग्गा वडा नाम पास गरि दिएका हुन ।
यश कार्यक्रमको अवसरमा जग्गादाताहरुलाई सम्मान साथै वडा नम्बर ८ मा बसोबास गर्ने ८५ बर्ष माथिका जेष्ठ नागरिक हरुलाई समेत वडा दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।
दुई वर्ष अघि वडा कार्यलय सञ्चालन गरिएता पनि कोभिड १९ का कारण र भवनका सम्पूर्ण काम नसकिएकाले उद्घाटन गर्न ढिलो भएको वडाध्यक्ष फणिन्द्र भट्टराईले बताए।
कार्यक्रममा बिशिस्ट अतिथी नगर प्रमुख निलम खनाल रहेका थिए भने कार्यक्रममा ,उपप्रमुख कमला मगर, प्रशासकीय अधिकृत खगेन्द्र गिरी ,प्रहरी निरीक्षक पाण्डव राजवंशी,विभिन्न वडाका वडा अध्यक्ष वडा सचीव लगायतको उपस्थिति थियोे ।
वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्र भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिका सूचना अधिकृत पुकार पोखरेल कार्यक्रम संचालन गरेका थिए ।