बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको न्यु स्टार फुटबल क्लबको आयोजना वाइ वाइ पाचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप बिन्दाबासिनी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको दोस्रो खेलमा बिन्दाबासिनी फुटबल क्लब बिराटनगर र गत बर्ष उप बिजेता रेडहर्स फुटबल क्लब इलाम बीच भएको खेलमा ५- २ को विरुद्धमा रेडहर्स फुटबल क्लब लाई पाखा लगाउदै बिन्दाबासिनी फुटबल क्लब बिराटनगर सेमिफाइनलमा प्रवेश गरे हो।
खेलको पहिलोहापको १९ मिनेटमा रेडहर्स फुटबल क्लबका जर्सी नम्बर ५ बिदेशी खेलाडी सेडले बिन्दाबासी फुटबल क्लबका खेलाडी लाई फल गरि पाएको अवसर लाई बिन्दाबासिनी क्लब बिराटनगरका खेलाडी जर्सी नम्बर १५ हेमन्त थापा मगरको प्रहार सिधै गोलमा परिमात भएको थियो ।
पहिलो हाप सम्म ०-१ गोल अन्तरले बिन्दाबासिनी फुटबलले अग्रता लिएको थियो । यता रेडहर्स फुटबल क्लब इलामले पहिलोहापमा गोल गर्न अवसर पाए पनि गोल गर्न सकेनन् ।
दोस्रो हापको ८ मिनेटमा रेडहर्स फुटबल क्लब इलामका जर्सी ८ नम्बर रोशन भुजेलले गोल गरि खेललाई बराबरमा पुगाएका थिए ।
दोस्रो हापको १० मिनेटमा बिन्दाबासिनी फुटबल क्लबका जर्सी नम्बर १० बिदेशी खेलाडी यानिकले १ गोल गरि खेललाई अग्रता लिएका थिए ।
भने खेलको ३३ मिनेटमा बिन्दाबासिनी फुटबल क्लबका जर्सी नम्बर ११ खेलाडी सुनिल खडकाले गोल गरे ।
खड्काले गोल गर्न साथ पुर्न बिन्दाबासिनी फुटबल क्लब बिराटनगरका बिदेशी खेलाडी जर्सी नम्बर ७ फोटोनाले गोल गर्दै खेललाई आफ्नो कब्जामा लिएका हुन ।
खेलको अन्तिममा रेडहर्स फुटबल क्लब इलामका जर्सी १९ नम्बर खेलाडी लाई बिन्दाबासिनीका खेलाडीले डेरिया भित्र लडाएर पाएको पलान्ट्टी लाई रेडहर्सका जर्सि नम्बर १९ पाशाङ्ग शेर्पाले गोल गरेका थिए ।भने शेर्पाले गोल गर्ने बितिकै बिन्दाबसिनी फुटबल क्लबका जर्सी नम्बर ७ बिदेशी खेलाडी फोटोनाले गोल गर्दै खेलमा २ को विरुद्ध ५ गोल अन्तरले बिन्दाबासिनी फुटबल क्लब बिराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो
खेलमा पहिलो गोल गर्ने बिन्दाबासीनि फुटबल क्लब जर्सी नम्बर १५ हेमन्त थापा मगर खेलको म्याच अफ द म्याच समेत घोषित भए उनले नगदसहित ५ हजार पाएका थिए ।
प्रतियोगितामा प्रथम पुरस्कर ३ लाख दोस्रो पुरस्कर १ लाख ५० हजार सहित ट्रफी मेड्ल पाउनेछन । भने भोलि सोमबारको खेल आयोजक न्यु स्टार फुटबल क्लब बराहक्षेत्र र प्लानिङ्ग ब्याइज काठमाडौ बीच हुने आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।