वराहक्षेत्र नगरपालिकामा नेकपा एमाले नेतृत्वको स्थानीय सरकार पुर्न: रुपमा असफल भएको नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले आरोप लगाएका छन् ।
५ वर्षमा वराहक्षेत्रमा गरेको कामको आदारमा एमालेको नेतृत्व पुर्ण: रुपमा असफल भएको जिकिर कांग्रेस नेताहरुले गरेका हुन् ।
सोमवार भण्डारीटारमा नेपाली कांग्रेस वडा नं १ ले आयोजना गरेको पार्टी कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वराहक्षेत्र कांग्रेस सभापति रमेश कार्कीले ५ वर्षमा दिघो बिकासको योजना भन्दा कार्यक्रतालाई खुशी पारि कमिसनमा स्थानीय सरकारको नेतृत्व लागेको आरोप लगाए ।
उन्ने भने नगरपालिकाले चक्रघट्टि-देखि बाङ्गेसम्म लगाएको सौलर वत्ति , गुणस्तरीयहिण कालोपत्रे , कृषि र पशु अनुदानमा भएको अनियमित मात्र हेर्दा नगर सफल कि असफल प्रष्ट हुन्छ ।
कोशिमा सञ्चालित बोटलाइ करको दायरमा ल्यागन नसक्नु , अनुदारमा प्राप्त बोट कोशिमा वेबारिसे भएर बस्नु , प्रथामिकता भन्दा पनि कमिसनको आदारमा बिकासको योजनाले प्रथामिकता पाएका छन् ।
५ वर्षमा रोजगारी शिर्जना गर्ने कल, कारखाना , उद्योग स्थानमा स्थानीय सरकारले कुनै चासो दिएन् । नगरपालिका भित्र प्रशाशनिक र अन्य क्षेत्रमा रोजगारीमा दक्ष भन्दा पनि आफ्नो नाता ,गोता र पहुजमा रहेका कार्यकर्ताका छोराछोरीलाई नियुक्ति गरेर भत्ति केन्द्र एमालेको बनाएको आरोप सभापति कार्कीले लगाए ।
वड नं १ को सुर्यकुण्डमा आफु खुशी स्वास्थ्य भवनको शिल्यनास , वडा नं २ का वडा अध्यक्षले गरेको मन्दिरको शिल्यनास पुर्न मेयरले गर्नु , चुनावनो मुखमा बिद्यार्थीहरुलाई साईकल , कृषकलाई बिऊ बितरण गर्नु आफु असफल भएको पुष्टि गरेको सभापति कार्कीले जिकिर गरे ।
कार्यक्रमा बिशिस्ट अतिथि महाधिवेशन प्रतिनिधि अनु गुरुङले अधिवेशनको तिक्तता हटाएर कांग्रेस जिताउने अभियानमा जिम्मेवारी पुर्वक लाग्न आग्रह गरिन् । एमाले पैसाको वलमा चुनाव जित्छु भनेर घमण्ड समेत गरिरहेको आरोप उनले लगाएकि थिइन् ।
महाधिवेशन प्रतिनिधि रोहित सुव्बाले वराहक्षेत्रवासि परिवर्तनको पक्षमा रहेको बताए । उनले तरुण, महिला सवैलाई कांग्रेस जिताउने अभियानमा लाग्न आग्रह गरे ।
महाधिवेशन प्रतिनिधि सुरेन्द्रप्रसाद गुप्ताले वराहक्षेत्रका मेयरले साबिक वराहक्षेत्रलाई अन्याय गरेको बताए। उनले भन्ने बार्षिक १ अर्ब भन्दा पढिको बजेट बिनियोजन हुदा वडालाई ५०-५० लाख बिनियोजन गर्नु बिकास बिरोधि मानसिकता हो । वडा नं १ र २ मा कांग्रेस संगठन चस्त रहेको भन्दै उनले वराहक्षेत्र नगरपालिकामा कांग्रेस जित्ने संन्देश वडा नं १ ले दिने दाबि गरे ।
वडा नं १ का अध्यक्ष तथा पुर्ब महाधिवेशन प्रतिनिधि सुरेश श्रेष्ठले मेयरले राजनीनैतिक आग्रह पुर्वाग्रह राखेको बताए । कार्यपालिकामा वहुमतको दम्ब र एकलैटि निर्णय गरेको आरोप लगाए ।
उनले भने आफ्नो वडामा मेयरले स्वास्थ्य कार्यलय भवनको शिल्यनास पनि आफुलाई थाहा नै नदिइ फोहोरी राजनीति गर्ने खोजेका छन् । वडा नं १ मा कांग्रेसको लहर देखेर मेयर हातिएका छन् । अब १ देखि ११ वटा सहित मेयर र उपमेयर कांग्रेसले जित्नु पर्छ भनेर लहर छ ।
पुर्ब नगर सभापति नारायणप्रसाद नेपालले कांग्रेस अब शशक्त भएर लाग्नु पर्नेमा जोड दिए । उनले वडाध्यक्ष सहित मेयर जिताउने अभियानमा लान्नु सवैलाई आग्रह गरे ।
कार्यक्रम वडा सभापति ईशवर थापाको सभाध्यक्षतामा सम्पन भएको थियो । सचिब राजा तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण उप-सभापति भक्त श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य प्रदिप बस्नेत , अजित राई , प्रदेश सम्मेलन प्रतिनिधि अशोक खड्का , शुशिला शेर्पा , प्रदेस प्रतिनिधि संन्तोष श्रेष्ठ , प्रदेस सभा सदस्य लोकबहादुर दाहाल , मनोज तामाङ तथा नगर सह- सचिव संन्तोष भण्डारी, नगर सदस्य , क्षेत्रिय प्रतिनिधि , टोल समिति संयोजक लगाएको उपस्थित रहेको थियो ।संगम बिस्ट बाट