सुनसरिको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ साबिक भरौल सिमरवन स्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकै ३ नाल भरुवा बन्दुक बरामद भएको छ।
चैत १ गते दिउँसोको अन्दाजी १२:३० बजेको समयमा लोड गरि घाममा सुकाई रहेको अबस्थामा सोहि सामुदायिक बनका मानिसहरुले फेला पारि उक्त बन्दुक नियन्त्रणमा लिई प्रहरी चौकी भरौल लाई खबर गरि भरौल चौकी र इलाका प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटी गई २ जना मानिसहरुलाई फेला पारि नियन्त्रण लिईएको ईलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले बताए ।
राजवंशीका अनुसार लोड भएको भरुवा बन्दुक ३ नाल बरामद गरी बराहक्षेत्र नगरपालिका वडा नं.५ सिमरवन टोल बस्ने वर्ष ३६ को पवन लाल माझी र . वडा नं.३ देविथान चौक बस्ने वर्ष २७ को मोहन श्रेष्ठ लाई पक्राउ गरेको बताए ।
पक्राउ पर्नेहरुलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी ल्याई थप अनुसन्धान भईरहेको राजवंशीले बताए ।