सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ५ मा तरुण दल गठन भएको छ ।
आइतवार सुनिल गुरुङ्गको नेतृत्वमा ६५ सदस्य समिति गठन भएको हो ।
समितिमा उपसभापति अजय तामाङ र सुरेश बिश्वकर्मा सचिवमा प्रविन बस्नेत र देवराज तामाङ्ग त्यस्तै सह- सचिवमा शेखर बिष्ट , शिशिर पाण्डे , बेमकुमार धामि , संंन्तोष बस्नेत चयन र कोषाध्यक्ष रमिला कार्की रहेको ६५ सदस्य वडा समिति गठन गरिएको नेपाली कांग्रेस वराहक्षेत्र ५ का सभापति दिलबहादुर पौडेलले बताए।
कालाबंजर स्थित ब्लु स्काई पार्टी प्यालेशमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तरुण दल सुनसरी सभापति तथा नेपाली कांग्रेस प्रदेस नं १ का सदस्य सिजन गुरुङ्गले स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन लागि पर्ने तरुणहरुलाई आव्हान गरे ।
उनले पार्टि र नेताकोलागि चट्टान भएर लाग्न आग्रह समेत गरेका थिए । कार्यक्रममा महासमिति सदस्य जगतबहादुर कार्कीले कम्युनिस्ट भरौलवासीलाई दास बनाउने गरेको बताए ।
भरौलवासीलाई मालिक बनाउन कांग्रेस जित्नु पर्ने भन्दै उनले कांग्रेसलाई जिताउने अभियानमा लाग्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस वराहक्षेत्रका सभापति रमेश कार्कीले वराहक्षेत्रमा एमाले नालायक साबित भएको वताए । कार्यक्रममा सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ का सभापति मुरासी भट्टराई , सुनसरी क्षेत्र नं १ का सदस्य मणिराम राई लगाएले शुभकामना मन्तव्य राखेका थिए ।
वराहक्षेत्र तरुण दलका सभापति पवन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव मनोज तामाङ्गले गरेका थिए । कार्यक्रम संचालन तरुण दलका नगर सदस्य सुरेन्द्र श्रेष्ठले गरेका थिए ।