वराहक्षेत्र – २ स्थित पुनरबासमा रहेको आदर्श सामुदायिक वन उपभोक्ता समुहले शनिबार ११ औं बार्षिक साधरण सम्पन्न गरेको ।
साधरण सभामा उपभोक्ता समितिले वन संरक्षण र उपभोक्तालाई केन्द्रित गरेर महत्त्वपूर्ण योजना प्रस्तुत गरेको छ ।
समुहका सचिब अमर कटुवालले बन संरक्षण गर्ने वैकल्पिक उर्जाको प्रयोगमा जोड , वृक्षारोपण र सामुदायिक वन भित्र पर्यटकीय स्थल निर्माण गर्ने भाबि योजना रहेको बताए ।
सचिब कटुवालले गरिब तथा न्यून आए भएका पहिचान गरि हरेक बर्ष ७ उपभोक्ताहरुलाई नि शुल्क ५ देखि १० क्यूफिट काठ साथै , जंगली हात्ती घर भत्काए क्षतिपुत्ति स्वरुप उपभोक्तालाई ५ देखि १० क्यूफिट काठ उपलब्ध वा ५ हजार नगद उपलब्ध गराउने , उपभोक्ताको आय आर्जन र रोजगारीका लागि निशुल्क ड्राइभिङ तालिम , सिलाई कटाई तालिम, उद्घोषण तालिम तर खोला नियन्त्रण गर्न र वन संरक्षण प्रथामिकताका साथ समुहले गर्ने बताए ।
समुहकी अध्यक्ष टेकमाया पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्य, व्यय र भाबि योजना सचिब कटुवालले प्रस्तुत गरेका थिए । भन्ने लेखा प्रतिबेदन लेखा संयोजक अर्जन कार्कीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथि वराहक्षेत्र वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई , प्रथामिक स्बास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरि रहेका थिए ।
साधरण सभामा स्थानिय उपभोक्ताले नगरपालिकाले स्थानिय बस्तिसंग जोडिएको खोलाबाट नदिजन्य बस्तु उत्खनन् गर्दा बस्ति जोखिममा परेको गुनासो गरेका थिए। वराहक्षेत्र नगरपालिकाले बर्सेनि डेन्डर अाब्हान गरि पटनाली खोलानाट ढुङ्गा , गिटि निकाल्दा पुनरबास र रेल्वेलाइनको बस्ति जोखिममा परेको स्थानिय गुनासो गरे । जथाभावी खोला उत्खनन गर्दा खोला गईराउदा गाई बस्तु पर्ने , आवत जावतमै समस्या र बस्ति तिर जमीन कट्टान गर्ने गरेको स्थानियले बताए ।
वराहक्षेत्र नगरपालिका वडा नं २ रहेको पटनाली खोलावाट अत्याधिक रुपमा नदिजन्य बस्तु उत्खनन गर्दा बर्षेनी वन जंगलमा क्षति समेत हुने गरेको छ । वराहक्षेत्र नगरपालिका (स्थानिय सरकार)ले हेरेक बर्ष वातावरणिय प्रभाव मुल्यांकन ( इ.आइ.इ.) गरेर पटनाली खोला , बाघ खोला लगाएतका खोलाहरु उत्खनन गर्न टेन्डर लगाएर स्थानीय सरकारले बजेटको स्रोत बनाए पनि वनक्षेत्र संरक्षण गर्न चासो नदेखाएको स्थानियको आरोप छ ।
“स्थानीय सरकारले राजश्ब संकलन गर्न नाममा बस्ति नजिक भएर वग्ने खोला/ नदि वाट नदि जन्य पदार्थ अत्खनन गर्दाको परिणमले बस्ति क्षेत्रको जमिन काटने र वन क्षेत्र कटान गरि धेरै हरियो डाढा रुखहरु कटान गरि बर्सेनि बगरमा झार्ने गरेको साधरण सभामा स्वागत मन्तव्य राख्दै समुहका सल्लाहकार प्रल्लाद थापाले बताए ।
साधरण सभा आदर्श माध्यमिक बिद्यालयको प्राङ्गणमा सम्पन भएको थियो । साधरण सभामा प्रमुख अतिथि जिल्ला बन कार्यलयका प्रमुख दानबहादुर श्रेष्ठ रहेका थिए । कुक २२२.७१ हेक्टर रहेको सामुदायिक बनको ५ सय ३८ उपभोक्ता रहेका छन् ।