वराहक्षेत्र नगरपालिका वडा नं २ जन्दिमा २०७४ सालको शिवरात्रीको अवशरमा फागुन १ गते वडाध्यक्ष हरिकृष्ण भट्टराईले शिवलय मन्दिर शिल्यनास गरेका थिए ।
उक्त मन्दिर निर्माणकै शिल्यनास मेयर निलम खनालले पुन : शिवरात्रीकै दिन (आज ) मङलवार गरेका छ् । मन्दिर निर्माणको जगको काम सम्पन्न भईसकेको छ । मेयर खनालले शिल्यनास भएर जग निर्माण भएको मन्दिरको शिल्यनास गरेका हुन् ।
४ वर्ष अगाडि स्थानियवासिको चाहना र अग्रसर्ताबाट संकलन भएको रकमवाट शिल्यनास भए पछि मन्दिर निर्माणले गति समेत लिएको थियो । मन्दिर निर्माणको लागि जगको निर्माणको काम भईसकेको छ । स्थानियवासीले निर्माण समिति गठन गरेर मन्दिर निर्माणको प्रकृया अगाडि बढेको थियो । स्थानियले चन्दा संकलन गरेर मन्दिर निर्माणको काम गरेका थिए ।
तर मन्दिर निर्माणकालागि कतैबाट बजेट व्यवस्थापन हुन नसके पछि मन्दिर निर्माणको कामले गति लिन सकेन् । वडा , नगर र विभिन्न संघ संस्थामा बजेटकालागि माग गर्दा बजेट बिनियोजन नभए पछि तत्कालीन मन्दिर निर्माण समितिले कामलाई निरन्तर दिन सकेको थिएन् ।
मन्दिर निर्माणकालागि जिल्ला प्रशाशन कार्यलयमा दर्ता समेत गरियो । मन्दिर दर्ता हुनु अगाडि निर्माण समितिका अध्यक्ष प्रेम धामी थिए । मन्दिर निर्माणकालागि स्थानिय धनवति धामिले स्वर्णय पति पलट धामिको स्मृतिमा जग्गा दान गरेकि थिईन् ।
शिल्यनास भएको ४ बर्ष र मन्दिर दर्ता भएको ३ बर्षसम्म सरोकारबाल सरकारी निकायले मन्दिर निर्माणकालागि बजेट बिनियोजन गर्न चासो दिएनन् ।
तर नगरले चालु आर्थिक वर्षमा २ लाख मन्दिर निर्माणकालागि बिनियोजन गरेको छ । वडा कार्यलयले मन्दिर निर्माण उपभोक्ता समिती समेत गठन गर्यो । तर मङलवार पुन मन्दिर शिल्यनास भए पछि स्थानिय छक परेका छन् ।
स्थानियले मन्दिर २ पटक शिल्यनास भएको भन्दै अचमीत भए । स्थानियले चुनाव आएको महशुष गरे । यता बिकास निर्माणमा एमाले अग्रस भएको भन्दै मेयर खनालले एमाले जटान भएको दाबि गरे । उनले आफु बिकास बिरोधि नभएको जिकिर समेत गरे ।
उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश समितिका सदस्य मनोज पौडेलले शुभकामना मनत्व्य राखेका थिए ।
८ लाख लागत स्टमेट गरिएको मन्दिरमा नगरपालिकाले २ लाख बजेट बिनियोज गरेको छ । यता वडाध्यक्ष भट्टराईले आफुले शिल्यनास गरेको मन्दिर फेरी मेयरले शिल्यनास गर्नु पर्छ भन्दै प्रतिप्रश्न गरे। शिल्यनास कार्यक्रममा उपस्थिति नभएका वडाध्यक्ष भट्टराईले पुन मेयरले शिल्यनास गर्नुलाई एउटा बच्चाको दुई पटक न्यवरोन गर्नु जस्तो भएको बताए ।(संगम बिष्ट बाट )