नेपाली कांग्रेस वराहक्षेत्रका निर्वतमान सभापति नारायणप्रसाद नेपालले वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले राजनैतीक अपराध गरेको आरोप लगाएका छन् । नेपालले मेयर खनाललाई असल जनप्रतिनिधि समेत हुन नसेको बताए । नेपाली कांग्रेस वडा नं २ कार्य समितिले सोमवार उदय चौकमा आयोजना गरेको टोल समिति गठन कार्यक्रममा बोल्दै नेपालले ५ वर्षमा वडा नं १ र २ लाई राजनैतिक पुर्वाग्रह राखेर बिकासका योजनाहरु तर्जुमा नगरेको जिकिर गरे । उनले भन्ने एमालेबाट निर्वाचित मेयरले कांग्रेसले जितेका वडामा बिकास गर्न बजेट बिनियोजन नगरी पक्षमात गर्नु भयो । उहाले राजनैतिक अपराध गर्नु भएको छ । एमाले सधै राजनैतिक अपराधी हुन्छन् भन्ने पुष्टि वराहक्षेत्रका मेयर खनालले गर्नु भएको छ । उहाले आफ्नो मेयरको पदको गरिमा समेत राख्नु भएन ।
त्यस्तै महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेतले वराहक्षेत्र नगरपालिका मेयर खनालको परिवारलाई जागिर खुबाउने र बाठा एमालेका कार्यक्रर्तालाई जागिर दिने भर्ति केन्द्र मात्र भएको बताए । उनले भन्ने वराहक्षेत्रबासीलाई न्यायोचित व्यवाहार र बिकास गर्न कांग्रेस पार्टी अपरियार छ । अब परिवर्तनको पक्षमा सवै लाग्नु पर्छ । पुर्न वडा नं १ र २ का कांग्रेस नै बिजय हुने भन्दै हुनले नगरका कांग्रेसको मेयर जिताउन परिवर्तनको आन्दोलनमा लान्न नगरवासिलाई आग्रह समेत गरे । भन्ने जिल्ला सदस्य प्रदिप बस्नेतले वडा नं १ र २ मा कांग्रेसको बिरासत जोगाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि महा समिति सदस्य ममता तामाङ , वराहक्षेत्र कांग्रेसका सचिव तथा वडा नं २ का
वडाध्यक्ष हरिकृष्ण भट्टराईले कांग्रेस जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमले भिमदत्त राईको संयोजकत्वमा ३५ सदस्य टोल समिति समेत गठन गरेको थियो । साविक वराहक्षेत्र वडा नं ४ अन्तर्गत क्षतिज टोल , सखुबा गाछि , सुर्य चोक र उदय चौकलाई मिलाएर गठन गरेको उक्त टोल समिति कार्यक्रम वडा सभापति अमर कटुबालको सभाध्यक्षता र सचिव भिम खडकाले कार्यक्रम संचालन गरेका थिए।( संगम बिष्ट बाट )