बेलका नगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण सम्पन्न भइ नया भवन बाट सेवा प्रबाह गर्दै उद्वघाटन गरिएको छ।
नवनिर्मित भवनमा नगरपालिकाले २ करोड ७८ लाख ८३ हजार ४ सय ६८ रुपैया मु.अ.कर सहित बजेट बिनियोजन गरिएको थियो । नगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयको बिद्धुतिय खरिद प्रणाली बाट टेन्डर आवहान गरेपछि विभिन्न निर्माण कम्पनीले टेन्डर भरेका मध्ये सबैभन्दा कम लगाउने २ करोड २० लाख ३२ हजार ८ सय टेन्डर लगाउने कम्पनी संग नगरपालिकाले सम्झौता गरेको थियो ।
नगरपालिका २०७६/३/५ गते सम्झौता गरेर २०७८/६/२२ गते काम सकिएको थियो । भने नगरपालिकाले उक्त कम्पनीलाई २ करोड १४ लाख १० हजार २ सय ९९ रुपैया जम्मा भुक्तानी गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए ।
निरौलाले भने सुबिधा सम्पन्न भवन निर्माण भएको र उक्त कम्पनीको अबधि २०७९ /११/६ गतेसम्म हुने बताए ।
निर्माण सम्पन्न भई बुधबार नगर प्रमुख दुर्गा थापा उप प्रमुख राजकुमारी चौधरी वडा अध्यक्ष लगायतले भवन बेहुली जसरी सजाउट गरि तामझामका साथ नवनिर्मित भवनमा उद्वघाटन गरेका हुन।