नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारतबाटै फेरि वृद्धि भएर आएको जनाएको छ।
गत माघ १८ मूल्य बढाएर हालसम्मकै महँगो बनाएको नेपाल आयल निगमले बुधबार प्राप्त मूल्य सूची अनुसार फेरि भाउ बढेर आएको जनाएको छ।
निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको जनाएको छ।
निगमका अनुसार बुधबार प्राप्त मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ६१ पैसाले बढेर भारतबाट आएको छ।
त्यस्तै डिजेल पनि प्रतिलिटर ५ रूपैयाँ ६२ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ९५ पैसाका दरले बढेर आएको निगमले जनाएको छ।
यद्यपि निगमले तत्कालै मूल्य वृद्धिको निर्णय भने लिइसकेको छैन। आज फेब्रुअरी १६ ९फागुन ४० मा प्राप्त नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोल ५.६१ ले बढेको छ। डिजेल ५.६२ ले बढेको र हवाई इन्धन ४.९५ ले बढेर आएको छु, निगमले भनेको छ, यो मूल्य अनुसार अब निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको छ।
निगमले पछिल्लो पटक माघ १८ मा मूल्य हालसम्मकै उच्च बिन्दुमा पुर्याएको थियो। त्यसबेला समायोजन गरेपछि हालसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रहेको निगमले जनाएको छ।
कच्चा तेलको मूल्य अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट निरन्तर मूल्य वृद्धि गराएर पेट्रोलिय पदार्थ आइरहेकाले घाटा पनि उच्च बिन्दुमा पुगेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताएका छन्।