सुनसरीको दुहबीमा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु रोग पुष्टि भएपछि दुहबी ३ स्थित सुरेश तिवारीले सञ्चालन गरेको सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको छ ।
बर्डफ्लु नियन्त्रण समितिको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । सोही निर्णय अनुसार उक्त फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार फर्ममा रहेका ८२० वटा बोइलर खुकुरा र १५ वटा लोकल कुखुरा मारेर नष्ट गरिएको छ । यस्तै, एक क्रेट अण्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि नष्ट गरिएको उनले बताए ।उनका अनुसार सो क्षेत्र सिल गर्ने तयारी गरिएको छ ।