चक्रघट्टी जेसीजको ८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सुर्य फेमली पार्टी प्यालेसमा भएको चक्रघट्टी जेसीजको ८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम वर्ष २०२१ ले आयोजना गरेको थियो ।
तेजबहादुर पुरी (सन्तोष) को संयोजकमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाको प्रमुख अतिथिमा भएको कार्यक्रममा २०२१ अध्यक्ष तिर्थराज भट्टराई पुर्व अध्यक्ष, प्रमुख अतिथि थापा लगायतले वर्ष २०२२ को नयाँ पदाधिकारीलाई पन्चेबाजा बजाएर स्वागत गरेका थिए ।
वर्ष २०२१ का अध्यक्ष तिर्थराज भट्टराईले वर्ष २०२२ का अध्यक्ष दिवस विष्टलाई शपथ ग्रहण समेत गराएका हुन् ।
बर्ष २०२२ का लागि अध्यक्ष दिवस बिष्ट , पदाधिकारीहरुमा कार्यकारिणी उपाध्यक्षमा दीपक रौनियार र तेजबहादुर पुरी (सन्तोष), उपाध्यक्षहरु रमेश बस्नेत, अर्जुन तामाङ, मौसम न्यौपाने र रबिन शाहशंकर र फूर्वालाल तामाङ जनसम्पर्क अधिकारीका रूपमा चयन भएका हुन।
नवअध्यक्ष विष्टले वर्ष २०२२ का लागि विभिन्न पदहरुमा मनोनीत समेत गराएका छन् ।जसमा मनोनित हुने महासचिव सुरेन्द्र श्रेष्ठ, कानुनी सल्लाहकार महेश घिमिरे (सुरज), कोषाध्यक्ष पूजा सुवेदी, सचीव गोबिन्द शाह, साखा सम्पादक सुरज काफ्ले, प्रकरण निर्देश शरण लिम्बू, खेलकुद संयोजक धिरेन मुखिया, अर्थ संयोजक कविता भण्डारी, वार्षिक योजना प्रमुख धनराज कार्की, तालिम संयोजक सुजन ढकाल, साहित्य कला संयोजक लक्ष्मण कट्वाल ,प्रचारप्रसार संयोजक सुबिन विश्वकर्मा र स्थानीय निकाय संयोजक अस्वन यादबलाई मनोनीत गरेका हुन।