पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमूना परीक्षणमध्ये ४९१ पीसीआर र ३४५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८८२ छ ।
मन्त्रालयका अनुसार थप १ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ।