वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित सुर्यकुण्डमा स्वास्थ्य चौकी भवनको शिल्यानास गरिएको छ ।
शुक्रवार बराहक्षेत्रका मेयर निलम खनालले उक्त भवनको शिल्यनास गरेका हुन् ।
तर उक्त भवन कति लागतमा बन्ने , कहिले सम्म निर्माण हुने निर्माण उपभोक्ता समिति वा निर्माणको ठेक्का लागेको वडा कार्यालयलाई कुनै जानकारी समेत नभएको वडाध्यक्ष सुरेश श्रेष्ठले जिकिर गरेका छन् । उनले भवनको शिल्यनास भएको फेसवुकमा हेरेर मात्र थाहा पाएका बताए ।
शनिबार नेपाली कांग्रेस वराहक्षेत्र वडा नं १ कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै वडा नं १ को सुर्यकुण्डमा स्वास्थ्य चौकि भवनको निर्माण हुनु सुखत कार्य भए पनि वडाका जनप्रतिनिधि र कार्यलयमा जानकारी नै नगरी शिल्यनास गर्नु दुखत भएको बताए ।
उनले वडामा कांग्रेस प्रतिको लहर देखेर मेयर आत्तिएको भन्दै गाउमा गित र नाचगान गरेर जनताको आखामा छारो नहाल्न उनले आग्रह समेत गरे । उनले भने वडामा स्वास्थ्य भवन शिल्यास भएको कुरा फेसबुकबाट हुन थाल्यो । अन्य वडामा पार्टीका कार्यक्रमको उपस्थितिमा भवन शिल्यनास भएछ । हामिलाई थाहा छैन् । वडा कार्यलय जानकारी दिनु पर्छ कि पर्दैन उनले मेयर लाई प्रश्न गरे ।
वराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले एकासी मेयर साबको आग्रहमा भवन शिल्यानास भएको बताएका छन् ।
उनले शुक्रबार बिहान मेयर सावले सुर्यकुण्ड भवनको लागि जग्गा हेर्न जानू भन्नु भएको र त्यहा पुग्दा मात्रै शिल्यनासकै कार्य रहेको थाहा पाएको बताए ।
नगरपालिकाको योजनामा साबिकका ५ वटा गाबिसमा गाऊ घर किलनिक निर्माण गर्ने योजना रहेको हुदा उक्त योजनाकै बजेटबाट उक्त स्वास्थ्य चौकिको भवन निर्माण हुने मेहताले बताए ।
चालु आर्थिक बर्षमा नगरपालिकाले गाऊघर किल्निककालागि १५ लाख बजेट बिनियोजन गरेको छ । ३-३ लाखमा ५ बटा किल्लनिक बनाउने योजना भए पनि अन्य ठाउ भन्दा सुर्यकुण्ड दुर्गम रहेकाले ५ लाखमा उक्त भवन निर्माण हुने मेहताले बताए । सुर्यकुण्डको खेलमैदान नजिकको सार्वजनिक स्थानमा भवन शिल्यानास भएको थियो ।