धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान ११ बस्ने ६३ वर्षीय र धरान १० बस्ने ५८ वर्षीय पुरुष तथा धरान ८ की ५२ वर्षीया महिलाको संक्रमणको कारण मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार मृतक ६३ वर्षीय पुरुषले कारोनाविरुद्धको खोप लगाएका थिएनन्। बाँकी दुई मृतकले भने खोप लगाएको पाइएको छ।
मृतक तीनै जनामा मिर्गौला, उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।