नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) पहाडी क्षेत्रमा आंशिक बदली रही तराईमा हुस्सुरकुहिरो लागेको छ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज १० बजेदेखि साँझ ६ बजेसम्म प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै मंगलबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।