संखुवासभामा भिरबाट लड्दा एक भेडा गोठालाको मृत्यु भएको छ।
मकालु गाउँपालिका–४ मा भिरबाट लड्दा संखुवासभाकै भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
भेडा चराउन गएका राई मकालु–४ पावाखोला निवारे भिरबाट लडेरका हुन्। गएको मंगलबार भेडा चराउन जंगल गएका राई घर फर्केर नआएपछि स्थानीयले खोजी गर्दा बुधबार पावाखोला निवारेमा भिरमा शव फेला परेको हो।
राईले मकालु–४ बैदेका गङ्गाबहादुर गुरुङको भेडी गोठामा काम गर्दै आएका थिए।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट नौ घण्टाको पदैल दूरीमा पर्छ। घटनाको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।