इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार (हिजो) साँझ ६ बजेतिर इटहरी -१० स्थित दुर्घटना भएको हो ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको को १ ख ६१६२ नम्बरको बसले ओभरटेक गरी बिपरीत दिशाबाट आउँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तेह्रथुम साब्ला २ बस्ने ५४ वर्षीय बमबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल इटहरीमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यस्तै, बस र चालक झापा चुलाचुली गाउँपालिका १ बस्ने २५ वर्षीय भुवनकुमार विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।