पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज ९आइतबार० देशभरका अदालत बन्द हुँदैछन्।
हिजो सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक ९फुलकोर्ट० ले पूर्वप्रधान न्यायाधीश शर्माको निधनमा माघ ९ गते सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको हो।
पूर्व प्रधानन्यायाधीश शर्माको यही माघ ५ गते ८८ वर्षको उमेरमा निधन भएको थियो। शर्मा २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए।