धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलका अनुसार महोत्तरी श्रीपुर ३ का ३० वर्षीय युवकको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो।
उनका अनुसार बुधबार कोरोना संक्रमण पुष्टि भएलगत्तै ती युवकलाई उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। युवकमा कुनै अन्य रोग भए नभएको जानकारी नखुलेको उनको भनाइ छ।
यससँगै प्रतिष्ठानमा हालसम्म ४२३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। प्रतिष्ठानमा हाल ३२ जना संक्रमित उपचाररत रहेको सहप्रवक्ता डा पोखरेलले जानकारी दिए।