मोरङको रतुवामाई नगरपालिका ९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका ७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । हिजो बेलुका ६ बजे रतुवामाई ९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । निजलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।