सुनसरी इटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ परेका छन। पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेका छन् ।
शुक्रबार बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।