विराटनगरको कोशी अस्पतालका चिकित्सक र नर्ससहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको शल्य चिकित्सा सेवा बन्द भएको छ ।
अस्पतालका मेसु डा. चुमनलाल दासले संक्रमित चिकित्सक, नर्स र कर्मचारीहरू होम आइसोलेसनमा रहेको जानकारी दिए । संक्रमणका कारण अस्पतालको सेवा सञ्चालन र नियमित गर्न कठिनाइ भएको उनले बताए ।
कोसी अस्पतालमा करिब ६०० कर्मचारी कार्यरत छन् । ठूलो संख्यामा दैनिक सेवा लिने बिरामीहरू अस्पताल आउने गरेका छन् । उपलब्ध जनशक्तिबाट अस्पतालको सेवालाई नियमित गर्ने आफूहरूको प्रयास भएको दासले बताए ।