नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को चुनावमा राजु शाहले नेबि सङ्का पुर्ब सह महामन्त्री सचित शर्मालाई हराएका छन् । राजु शाहले 293 मत प्राप्त गरि शर्मालाई पराजित गरेका हुन् भने प्रतिद्वन्द्वी शर्माले 285 मत प्राप्त गरेका थिए । दुबै मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि चुनाब लडेका थिए । पराजित भएका शर्मा नेपाली कङ्रेसका पार्टीका प्रवक्ता बिश्व प्रकाश शर्मा निकट मानिन्छन् ।
यस संगै सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् । तामाङले १६८ को भारी मतान्तरले जीत हासिल गरेका हुन् । सुजेन्द्रले ३९३ मत, सचिवमा केशव पुरी ३२१ मत, महेन्द्र प्रधान ३६४ मत, सहसचिवमा भोजकुमार न्यौपाने ३५२, सुनिल राई ३८२ विजयी बने ।
यस्तै, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति प्रत्यक्ष महिलातर्फ आराध्यदेवी राई ३७० मत ल्याएर विजयी बनिन् भने प्रत्यक्ष खुलातर्फ उमेश पौडेल ४५८ मत, आशिष कटुवाल ४५२ मत, सम्पूर्ण ताम्राकार ३५८ मत ल्याए ।
यस्तै, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति खस आर्यतर्फ लोकमणि शर्मा ३७७ मत, आदिवासी जनजाति महिलातर्फ पुष्पा राई र शोभा पुलामी राई निर्विरोध निर्वाचित भए । आदिवासी जनजाति खुलातर्फ अतुल श्रेष्ठ ४०६ मत, मच्चिन्द्र राई ३६५, दलिततर्फ किशोर विश्वकर्मा निर्विरोध बने भने अल्पसंख्यकमा किशोर राई पनि निर्विरोध निर्वाचित बने ।
आदिवासी जनजाति महिलातर्फ कृष्णकला लिम्बू मादेन ३९२ मत, निर्मला शाक्य ३७५, पूजाकुमारी धामी ३४१ मत ल्याएर विजयी बने । यसैगरी आदिवासी जनजाति खुलातर्फ सुवास राई ४४७ मत, रोहित सुब्बा ३९३ मत, रविकुमार राई ३८५ मत, खसआर्य महिलातर्फ ललिता शर्मा अधिकारी ३१९ मत, खस आर्यतर्फ खुला जगतबहादुर कार्की ३०८ मत, दलित खुलातर्फ सन्तोष विश्वकर्मा ३१९ मत ल्याएर विजयी बने ।
अल्पसंख्यक, मुस्लिम, अपाङ्ग खुल्लातर्फ अनिल अग्रवाल (प्रिन्स) ३४४ मत, केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ (प्रत्यक्ष महिला) चित्रकुमारी राई ३५८ मत, मिनकुमारी गिरी ४०० मत, ममता तामाङ मगर २८७ मगर, श्यामा रेग्मी ३२६ मत ल्याइन् ।
यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ धरान उपमहानगरपालिकाका मेयर रहेका तिलक राई ३२९ मत ल्याएर विजयी बनेका छन् ।
यस्तै, उमेश थापा ३८७ मत, पर्वतकुमार राई ३६७ मत, चन्द्रशेखर लामा ३५६ मत, चन्द्रप्रसाद श्रेष्ठ ३४६ मत, सन्दीप श्रेष्ठ २७१ मत, तुलसीप्रसाद गौतम २३८ मत, विकास आचार्य २३५ मत, दीपेश बस्नेत २१० मत र विनोदकुमार राई २०७ मत ल्याएर विजयी बनेका छन् ।